७ वैशाख २०८१ शुक्रबार
राजनीति

मन्त्री बन्न हानथाप

विराटनगर – सत्तासीन  एमाले र माओवादी केन्द्रका प्रदेश सांसदबीच प्रदेश १ मा मन्त्री बन्न रस्साकस्सी चलेको छ । मोओवादी केन्द्रबाट संसदीय दलका नेता टंक आङ्बुहाङ, रामकुमार राई, झलकसिंह दर्लामीलगायतको चर्चा  छ। 

संसदीय दलको नेता आङ्बुहाङ बनिसकेका कारण सरकारमा रामकुमार राई र झलकसिंह दर्लामीमध्ये एकजनालाई पठाउने विषयमा पार्टीभित्र छलफल भइरहेको स्रोतले जनाएको छ । मन्त्रिपरिषद् ७ सदस्यीय मात्रै बनेको अवस्थामा माओवादी केन्द्रको भागमा एउटा मात्रै मन्त्रालय पर्ने देखिन्छ । नाम चर्चामा रहेका तीनजनाले सहमतिका आधारमा एकजनालाई पठाउन तयार नभए उनीहरूको विकल्प पनि खोज्नुपर्ने तर्क केही सांसदहरूले राख्दै आएका छन् । मन्त्रीको दाबी गर्दे आएका मोरङका सांसद कुशल लिम्बूले सहमतिका आधारमा तीनमध्ये एकजना मन्त्री नबने उनीहरूको विकल्प खोज्नुपर्ने धारणा राखेका छन् । लिम्बुले भने, ‘सहमति नभए सिनियरिटीका आधारमा मन्त्रीको टुंगो लगाउनुपर्छ ।’ माओवादी केन्द्रका १६ सांसदमध्ये तीनजनाले पद पाइसकेका छन् । पद पाइसकेकामा उपसभामुखमा सरस्वती पोखरेल, आर्थिक मामिलामन्त्रीमा इन्द्र आङ्वो र संसदीय दलको नेता टंक आङ्बुहाङ् छन्। 

सहमतिका आधारमा नाम टुंगो लगाउने प्रयास भइरहे पनि अझैसम्म माओवादी केन्द्र सफल भएको छैन । पार्टीका १६ मध्ये  १४ सांसद नै मन्त्री बन्न खोजेपछि समस्या भइरहेको माओवादी केन्द्र स्रोतले जनाएको छ। 

एमालेलाई पनि मन्त्री छान्न धौ–धौ परेको छ। एमालेमा विभिन्न गुट र उपगुटका कारण मन्त्रीमा दाबी गर्नेको लर्को देखिएको छ। पार्टीका शक्ती केन्द्रहरूस“ग मन्त्री बन्नकै लागि लबिङ गर्ने क्रम तीव्र भएको एमाले स्रोतले जनाएको छ। एमालेमा आकांक्षी मन्त्रीका लागि पार्टीको केन्द्रिय नेतृत्वसम्म लबिङमा जुटेका छन् । प्रदेशसभा बैठक लामो समयका लागि स्थगित भएपछि नेताहरूलाई मन्त्री उम्काउने दाउमा लाग्न पनि प्रर्याप्त समय मिलेको छ । एमालेले एकजना महिलासहित दुुईजनालाई मन्त्रिपरिषद्मा पठाउने तयारी गरे पनि कोको जाने भन्ने निर्णयमा पुुग्न नसकेको एमालेका सांसद लीलाबल्लभ अधिकारीले बताए । उनले भने, ‘नाम टुंगोमा नपुगे पनि एकजना महिलासहित दुुईजना पठाउने तयारी भइरहेको छ।’ पार्टीमा मन्त्री बन्न आकांक्षा गर्नेको लर्को लाग्नु स्वाभाविक भएको अधिकारीले बताए । उनले भने, ‘एमालेका सबै सांसद सक्षम भएका कारण मन्त्रीको दाबी गर्ने धेरै भएका हुन्।’ एमालेमा मन्त्रीका आकांक्षीमा तेजमान कन्दङ्वा, सर्वध्वज सा“वा, उषाकला राई, यशोधा अधिकारी, सावित्रा रेग्मी, सावित्रा श्रेष्ठलगायत छन् । केन्द्र सरकारले १० जनासम्म मन्त्री बनाउन सक्ने व्यवस्था गरेकाले मन्त्रिपरिषद् ७ वा १० कति बनाउने भन्ने बारे पनि छलफल थालिएको एमाले सचेतक राजकुमार ओझाले बताए । उनका अनुसार प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार गरी ७ सदस्यीय मात्रै बनाएको अवस्थामा भने एमालेले एक महिलासहित दुुईजना  मन्त्रिपरिषद्मा समावेश गर्ने तयारी गरेको छ । हालको ५ सदस्यीय मन्त्रिमण्डलमा माओवादी केन्द्रका १ सहित एमालेका ४ जना छन् । 

प्रकाशित: १७ फाल्गुन २०७४ ०२:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App