४ वैशाख २०८१ मंगलबार
अन्तर्राष्ट्रिय

पपुवा न्युगिनीमा शक्तिशाली भूकम्पछि पराकम्पन

जाकार्ता – पपुवा न्युगिनीमा सोमबार आएको शक्तिशाली भूकम्पपछि बुधबार ६.० म्याग्निच्युडको पराकम्पन आएको छ। 

सोमबार आएको ७.५ म्याग्निच्युडको भूकम्पमा परी ३१ भन्दाबढी व्यक्तिको मृत्यु भएपछि बुधबार ६.० म्याग्निच्युडको पराकम्पन आएको छ। 

अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (यूएसजीएस) ले बुधबार सो भूकम्पको जानकारी दिएको छ। बुधबार आएको भूकम्पपछि जनधनको क्षतिको विस्तृत विवरण भने प्राप्त भएको छैन। 

गत सोमबार आएको ७.५ म्याग्निच्युडको भूकम्पमा ३१ भन्दाबढी व्यक्तिको मृत्यु थियो भने दर्जनौँको संख्यामा घाइते भएका थिए। 

प्रकाशित: १६ फाल्गुन २०७४ १५:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App