८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

सिरियामा युद्धविराम गर्न राष्ट्रसंघको पुनः आग्रह

न्युयोर्क – संयुक्त राष्ट्रसंघले सिरियाको राजधानी दमासकसको नजिकै रहेको यस गुटा नगरमा जारी आक्रमण अत्यन्तै क्रुर रहेको र यसबाट सयौँ सर्वसाधारण र बालिबालिका पनि परेको भन्दै तत्कालै युद्धविरामको लागि पुनःआग्रह गरेको छ। 

उक्त क्षेत्रमा चार लाख सर्वसाधारण हिंसात्मक युद्धको चपेटामा परेका छन्। उनीहरुको उद्धारका लागि कुनै पहल सुरु भएको छैन। उनीलाई आवश्यक मानवीय सहायता पु-याउन पनि सकिएको छैन। 

दमासकस र मस्कोको संयुक्त सहभागीतामा गुटा सहरमा भएको हिंसात्मक हवाई कारबाहीलाई स्थगित गरी कम्तीमा ३० दिनका लागि युद्धविराम गर्न संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले प्रस्ताव गरेको थियो। 

सुरक्षा परिषदमा भएको छलफलपछि तत्काल युद्धविराम गर्न संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले केही दिनमात्र अघि आग्रह गरेका थिए। 

महासचिव गुथ्रेसले युद्धले यहाँका नागरिकलाई आक्रान्त बनाएकोले योे अवस्थाको अन्त्यगरी सिरियाको पूर्वी गुटा क्षेत्रमा तत्काल युद्धविराम गर्न माग गरेका थिए। 

तर राष्ट्रसंघको यो प्रस्ताव बमोजिम यहाँ युद्धविरामको लागि तयारी भने भएको छैन। बरु मङ्गलबारदेखि यहाँका विद्रोहीहरुमाथिको हमला दिनमा ५ घन्टाका लागि मात्र रोकिएको सिरियाली सेनाको भनाई आएको छ। 

विद्रोही नियन्त्रित उक्त क्षेत्रमा रुसी सहयोगका सरकारी फौजले आक्रमण जारी राख्दा उनको यस्तो टिप्पणी आएको हो। संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले गत शनिबार सिरियाभर ३० दिने युद्धविराम गर्ने पक्षमा मतदान गरेको थियो। 

सिरियाको पूर्वी भागमा पर्ने गुटा नगरमा गत एक हप्ताभन्दा लामो समयदेखि जारी रहेको भीषण हमलामा क्लोरिन ग्याससमेत प्रयोग गरेको एउटा चिकित्सक समूहले जानकारी दिएको छ। 

यस विषयमा सिरियाको कुनै प्रतिक्रिया आएको छैन। हाल सिरियामा जारी हवाई हमलाको भने विश्वव्यापी निन्दा भएको छ।

प्रकाशित: १६ फाल्गुन २०७४ १४:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App