६ वैशाख २०८१ बिहीबार
समाज

फेसबुक दुरुपयोग गर्ने पक्राउ

दाङ – सामाजिक सञ्जाल फेसबुकमार्फत बिना प्रसंग शान्ति सुरक्षामा खलल पुग्ने र व्यक्तिको चरित्र हत्या हुने गरी गलत कुरा सम्प्रेसण गर्ने एक युवालाई दाङ प्रहरीले आज पक्राउ गरेको छ। 

श्री ५ भण्डारी सरकारको नामबाट फेसबुक खोली विभिन्न व्यक्तिको चरित्र हत्या हुने गरी गलत स्टाटस लेखेको भन्दै तुलसीपुर उपमहानगरपालिका– १ का आकाश भण्डारीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरेको हो। 

तुलसीपुरमा सामाजिक सञ्जालमार्फत गलत कुरा प्रवाह गरेको अभियोगमा युवकलाई पक्राउ गरिएको यो पहिलो घटना भएको प्रहरीले जनाएको छ। 

प्रकाशित: १६ फाल्गुन २०७४ १४:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App