युवालाई हारेर होइन, जितेर काम गर्न प्रधानमन्त्रीको आग्रह

बुधबार, १६ फागुन २०७४, १९ : ३३ नागरिक

काठमाडौँ –  म मेरो देश बनाउँछु, अझै उन्नत, सुन्दर...। यी राष्ट्रिय भावले ओतप्रेत गीतको धुन र संगीत एकसाथ गुञ्जिरह्यो। ती गीतका पंक्तिहरु संगीतका धुनमा गुञ्जिएसँगै खुला चौरमा रातो, नीलो र पहेलो टि सर्ट र नीलो ट्रयाकसुटमा युवा÷युवतीले आफ्नो कला प्रदर्शन शुरु गरेँ। ती जीवन्त गीतका स्रष्टा एवं प्रधानमन्त्री केपी शर्मा ओली मन्द मुस्कानले युवा युवतीका नाचको कलालाई साथ दिइरहे। 

राष्ट्रिय सेवा दलको १३ औँ वरिष्ठ समूहको अन्तिम दीक्षान्त कवाज कार्यक्रमका सहभागीले बुधबार ललितपुरमा सो गीत गुञ्जिरहँदा नाचकलाको जोसिलो प्रदर्शन गरेका थिए। उसो त ओलीले पहिलो पटक प्रधानमन्त्रीको कार्यभार सम्हाल्दा राष्ट्रिय सेवा दलको कार्यक्रममा सहभागी हुँदा सो गीतको रचना गरी दललाई दिएका थिए। 

विसं २०२२ मा स्थापना भएको सो दलले १३ औँ दीक्षान्तमा प्रधानमन्त्री एवं गीतकार ओलीका गीतलाई संगीतमा रुपान्तरण गर्दा तालीमका सहभागीले आकर्षक कला प्रदर्शन गरेका थिए। प्रधानमन्त्री ओलीले कार्यक्रमलाई सम्बोधन गर्दै देशको आर्थिक समृद्धि र विकासमा सबै क्षेत्रबाट उठ्न आह्वान गरे। 

उनले भने ‘मेरो नेतृत्वको वर्तमान सरकारको प्रमुख लक्ष्य आर्थिक समृद्धि गरी देश विकास गर्नु हो, सरकारले सदाचारको विधि अपनाउँछ।’ 

सबै युवालाई शिक्षित बनाई देश विकासको मूल प्रवाहमा समाहित गराउन सरकारले काम गर्ने चर्चा गर्दै प्रधानमन्त्री ओलीले युवाको योगदानबाट मात्र आर्थिक समृद्धि हासिल गर्न सकिन्छ भने। 

राष्ट्रिय एकता र भावनाले ओतप्रेत भई उच्च मनोबलका साथ आफ्ना उद्देश्य र सपना पूरा गर्न तालीमका सहभागीलाई आह्वान गर्दै प्रधानमन्त्री ओलीले युवालाई हारेर होइन, जितेर काम गर्न आग्रह गरे। ‘विश्वको सर्वोच्च शिखर सगरमाथा, गौतमबुद्धको जन्मस्थल, लालीगुँरास फुल्ने स्वाभिमानी मेरो देशलाई अझ उँचो बनाउन सबै लाग्नुपर्छ, उकाली ओराली अप्ठ्यारोसित नतर्सिदै प्रतिकूलतालाई अनुकूलतामा परिवर्तन गरेर अगाडि बढ्नु पर्छ,’ उनले भने। 

सो अवसरमा प्रधानमन्त्री ओलीले तालीमका सर्वोत्कृष्ट हुने सहभागीलाई पुरस्कार तथा प्रशंसा पत्र प्रदान गरेका थिए।

कार्यक्रममा रक्षामन्त्री तथा राष्ट्रिय सेवा दलका सहसंयोजक ईश्वर पोखरेलले युवा देशका भविष्य भएकाले उनीहरुको ज्ञान र सीपलाई विकासमा समाहित गराउन सरकारले जोड दिने बताए। 

युवा सशक्तीकरण सरकारको प्राथमिकतामा पर्ने चर्चा गर्दै उनले अगामी दिनमा सेवादलका कार्यक्रमलाई विस्तार गर्न सहयोग गर्ने जानकारी दिए।

राष्ट्रिय सेवा दलका महानिर्देशक उपरथी रवीन्द्र क्षत्रीले ‘स्मार्ट युथ’ का लक्ष्यका साथ सेवादलले अगामी दिनमा ७७ जिल्लाका सात हजार ७०० युवालाई तालीम दिने जानकारी दिँदै तालीमबाट सिकेका ज्ञानले युवाका सशक्तीकरण गर्न सहयोग मिलेको बताए। 

१३ औं दीक्षान्तमा ७६ जिल्लाका युवाका सहभागिता रहेको थियो। यस वर्ष सेवा दलले छ हजार युवालाई तालीम दिने लक्ष्य लिएको छ। तालीमलाई प्रभावकारी बनाउन उसले सेवा दल ऐन २०२७ लाई संशोधन एवं नियमावली समेत तयार गर्ने जनाएको छ। सेवा दलमा आवश्यक जनशक्ति अभावसमेत रहेको बताइएको छ। 

सो अवसरमा प्रधानमन्त्री ओलीले राष्ट्रिय सेवा दल विगत र वर्तमान नामक पुस्तकको सार्वजानिक पनि गरे। सो अवसरमा तालीमका सहभागीले नाच तथा आकर्षक कला प्रदर्शनसमेत गरेका थिए। 








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad