६ वैशाख २०८१ बिहीबार
कला

श्रीदेवीलार्इ पतिले दिए दागबत्ती, यसरी गरियो अन्तिम विदाई (फोटो फिचर)

मुम्बई – दुबईमा निधन भएकी भारतीय चलचित्र जगतकी चर्चित अभिनेत्री श्रीदेवीको राजकीय सम्मानका साथ दाहसंस्कार गरिएको छ। 

तमिलनाडुबाट आएका विशेष पण्डितको पूजापाठमा मुम्बईस्थित विले पार्लेको आर्यघाटमा बुधबार अपराह्न श्रीदेवीको हिन्दू धार्मिक परम्पराबाट अन्तिम संस्कार गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

श्रीदेवीलाई पति बोनी कपुरले दागबत्ती दिएका थिए। दाहसंस्कार पूर्व अन्तिम श्रद्धाञ्जलिका लागि उनको शवलाई अंधेरी सेलिब्रेशन स्पोट्र्स क्लबमा राखिएको थियो। 

श्रीदेवीको अन्तिम संस्कारमा कपूर परिवारका साथै बलिउडका चर्चित हस्ती उपस्थित थिए। अभिनेता, अभिनेत्रीहरु, निर्देशक तथा निर्माताहरुले उनलाई अन्तिम विदाई गरेका थिए।

आफन्तको विहेका लागि दुबई पुगेकी श्रीदेवीको गत शनिबार दुर्घटनाबस ‘वाथ टव’मा डुबेर निधन भएको थियो। 

दुबईको अस्पतालले पोस्टमार्टम रिपोर्ट दिन ढिला गरेपछि उनको पार्थिव शरीरलाई मङ्गलबार अबेर राति मात्र दुबईबाट मुम्बई ल्याइएको थियो। 

सबै तस्बिर : साभार एजेन्सी

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App