६ वैशाख २०८१ बिहीबार
समाज

उदयपुरको घुर्मीमा जीप दुर्घटना, १० घाइते

ओखलढुंगा काठमाडौका लागि छुटेको दुर्घटनाग्रस्त जिपका घाईतेहरु । तस्बिरःराधा ढुंगाना/नागरिक

सोलुखुम्बु– उदयपुरको कटारी नगरपालिकाको घुर्मीमा जीप दुर्घटना हुँदा १० जना घाईते भएका छन् । ओखलढुंगा सदरमुकामबाट काठमाडौका लागि  छुटेको जीप बुधवार बिहान दुर्घटनामा परेको हो । 

मध्यपहाडी सडकखण्ड अन्तर्गत कटारी नगरपालिका वडा नम्बर १४ घुर्मीमा ना १ ज ४५४९ नम्बरको जीप दुर्घटना हुँदा सडकबाट सय मिटर तल खसेको हो । दुर्घटनामा चालक सहित जीपमा सवार सबै जना घाईते भएका छन् । घाईतेलाई उपचारका लागि काठमाडौ पठाइएको जिल्ला प्रहरी कार्यालय ओखल्ढुंगाका प्रहरी प्रमुख डिएसपी अनन्त शर्माले जानकारी दिए । 

जिप चालक मानबहादुर सुनुवारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । स्टेरीङमा समस्या आएपछि अनियन्त्रीत भई जीप दुर्घटनामा परेको ईलाका प्रहरी कार्यलय कटारीका प्रहरी निरीक्षक चन्द्र राजवंशीले जानकारी दिए। दुर्घटनामा धनुषा बडेश्वर ४ का शम्भुप्रसाद रेग्मी, खोटाङका गोमा सुवेदी, दोलखा तामाकोसी गाउँपालिकाका योग्यध्वज खत्री र खत्रीका छोरा योगेश खत्री, ओखल्ढुंगाका ज्वाला दाहाल, काठमाडौका भोजकुमारी कोईराला, काठमाडौका राज कुमार खड्का, ओखलढुंगा नवलपुरका सन्जीव राई, ओखलढुंगाका तारादेवी रोकाय घाईते भएका हुन् । दुर्घटनामा परेकाे जीप कच्याकुचुक भएकाे छ । 

 

 


 

 

प्रकाशित: १६ फाल्गुन २०७४ ११:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App