बलात्कारीलाई १४ वर्ष जेल

बुधबार, १६ फागुन २०७४, १६ : २२ एक्सन राई

भोजपुर– जिल्ला अदालत भोजपुरले याकु र दुम्मानामा जबरजस्ती करणी गर्ने दुई जनालाई सजाय तोकेको छ। अदालतले  आमचोक गाउँपालिका – ९ दुम्मानामा १५ वर्षिय वालिकाको बलात्कारपछि हत्याको प्रयास गर्ने १८ वर्षीय सन्तोष श्रेष्ठलाई जबरजस्तीकरणी तर्फ १० वर्ष र अंगभंग गरेको तर्फ ४ वर्ष गरि १४ वर्षको कैद सजाय सुनाएको हो। त्यस्तै एक लाख ५० हजार जरिवाना र २ लाख ५० हजार पीडितलाई क्षतिपूर्ती दिनु पर्ने फैसला भएको छ। उनले स्थानीय बालिकाको बलात्कारपछि आँखा फुटाएर हत्याको प्रयास समेत गरेका थिए। 

त्यस्तै गत साउन महिनामा भोजपुरको अरुण गाउँपालिका–५ याकुकी ११ वर्षिय बालिकालाई करणी गरि गर्भवती बनाउने सोही गाउँपालिकाको आरु खर्कका १९ वर्षीय स्थानीय दुर्गाबहादुर श्रेष्ठलाई १२ वर्ष कैद र पीडितलाई एक लाख ५० हजार क्षतिपूर्ती दिनुपर्ने फैसला गरिएको छ। श्रेष्ठले ७३ साल पुष ९ गते घरमा कोही नभएको मौका छोपी बालिका करणी गरि गर्भवती बनाएका थिए। श्रेष्ठविरुद्ध  प्रहरीले जबरजस्ती करणीमा मुद्दा दर्ता गराएको थियो।  

उनीहरु दुवैलाई जिल्ला न्यायाधीश हरिश्चन्द्र इन्नामको एकल इजिलासले कैद सजाय सुनाएको हो। याकुकी पीडित बालिका काठमाडौं सिविन नामक सस्थाको संरक्षणमा रहेकी छिन् भने दुम्मानाकी बालिका पनि  उपचार पश्चात अहिले रक्षा नेपाल काठमाडौको संरक्षणमा रहेको महिला तथा बालबालिका कार्यालय भोजपुरकी प्रमुख पुष्पालता उप्रेतीले जानकारी दिईन्। 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

वाइफाई ६ को मुख्य उदेश्य नै भिडभाड भएको ठाउँमा राम्रोसँग वाइफाई चल्ने बनाउनु हो ! ...

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

Ncell Footer Ad