च्याउखेती गर्न प्राविधिक ज्ञानको कमी

बुधबार, १६ फागुन २०७४, १५ : ५५ नागरिक

ललितपुर – च्याउखेतीबाट मनग्य आम्दानी गर्नसक्ने सम्भावना हुँदाहुँदै ज्ञान र प्रविधिको कमीले किसानले पर्याप्त फाइदा लिन सकेका छैनन्।

किसानसँग पर्याप्त स्रोत नभएको र भएकाले पनि ज्ञानको उपयोग गर्न नसकेको कृषि विभाग अन्तर्गतको किट विकास निर्देशनालयका सूचना अधिकारी जगन्नाथ शर्माले बताए।

च्याउमा सबैभन्दा बढी भुसुनाको समस्या देखिने गरेको छ। पराल पाक्ने गरेर हाल्दा र च्याउको टहरामा जाली राख्दा भुसुनाको समस्या समाधान हुनसक्ने शर्माको भनाइ छ।

उनी भन्छन्,“जाली राख्न महँगो नभए पनि धेरै किसानलाई यसको ज्ञान छैन।”  जाली सबैतिर र सहज रुपमा पाइने भए पनि किसानलाई जालीको प्रयोगबारे थाहा छैन।

काठमाडौं उपत्यकामा एकातिर धानखेती कम हुँदै गएको छ भने अर्कातिर च्याउ खेतीतर्फ किसानको आकर्षण बढ्दा परालको अभाव भएको छ। किसानले परम्परागत रुपमा फलामको भाँडामा पराल पकाउँदा पर्याप्त उत्पादन लिनसकेका छैनन्। विकसित देशमा फोहोरबाट च्याउको उत्पादन हुने गरेको छ।

शर्मा भन्छन्, “हामीले पनि फोहोरबाट च्याउ उत्पादन गर्न सके फोहोर व्यवस्थापन र परालको अभाव हुँदैन। यसबाट किसानले मनग्य आम्दानी लिनसक्छन्।”

च्याउको माग बढेसँगै व्यावसायिक रुपमा च्याउखेती गर्ने किसानको संख्या बढिरहेको छ। केही वर्ष पहिलेसम्म गोलभेडालगायत तरकारीखेती गरिरहेका किसानसमेत अहिले च्याउखेतीतर्फ आकर्षित भएका छन्। नेपालमा मुख्य गरेर गोब्रे, कन्ये र सिताके च्याउखेती हुँदैआएको छ।  (रासस)





यसमा तपाईको मत

अन्य समाचार

मोटरसाइकलको हेरचाह कसरी गर्ने ?

मोटरसाइकलको हेरचाह कसरी गर्ने ?

मोटरसाइकलको हेरचाह गर्ने तरिका ! ...

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ? ...

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोन डिस्प्लेलाई भाइरस र किटाणु मुक्त बनाउनुहोस् ! ...

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

Ncell Footer Ad