४ वैशाख २०८१ मंगलबार
अन्तर्राष्ट्रिय

काँची  शंकराचार्य जयेन्द्र सरस्वतीको निधन

तस्बिर: एजेन्सी

नयाँ दिल्ली – हिन्दू धार्मिक नेता शंकराचार्यको बुधबार निधन भएको छ । जयेन्द्र सरस्वती नामले चिनिने काँची कामाकोटी पिठका ६९ औं पिठाधिश शंकराचार्यको ८२ वर्षको उमेरमा निधन भएको हो । उनी मधुमेह रोगबाट पिडित थिए । उनको शवलाई काँची मठमा लगिएको छ र बिहीबार अन्त्येष्ठि गरिदैंछ ।

उनलाई गत महिना चेन्नई स्थित रामचन्द्र अस्पतालमा भर्ना गरिएको थियो । त्यसवेला भेन्टिलेटरमा राखेर उपचार गरिएका शंकराचार्यको स्वास्थ्य स्थिर भएपछि केही दिनमै डिस्चार्ज गरिएको थियो । गत नोभेम्बरमा शंकराचार्यले नयाँ दिल्लीको पनि भ्रमण गरेका थिए । सन् १९५४ मार्च २२ मा चन्द्रशेखरेन्द्र सरस्वती स्वामिङ्गलले शंकराचार्यको नामकरण गर्दै आफ्नो उत्तराधिकारी बनाएका थिए । 

शंकराचार्यको निधनमा भारतीय प्रधामन्त्री नरेन्द्र मोदी लगायतले ट्वीटरमार्फत दुःख व्यक्त गरेका छन् । मोदीले जगत गुरु जयेन्द्र सरस्वतीको निधनले दुःखी बनाएको उल्लेख गर्दै उनी लाखौ भक्तहरुको मनमस्तिष्कमा सँधै रहिरहने बताएका छन् । 

 

प्रकाशित: १६ फाल्गुन २०७४ १०:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App