८ वैशाख २०८१ शनिबार
राजनीति

प्रदेश तीनको मन्त्रिपरिषद विस्तार हुँदै, को को बन्दैछन् मन्त्री ?

काठमाडौं- प्रदेश नम्बर तीनको मन्त्रिपरिषद आज विस्तार हुँदैछ। मुख्यमन्त्री डोरमणि पौडेलले ४ मन्त्री थप्दै मन्त्रिपरिषदलाई पूर्णता दिन लागेका हुन्। यस अघि माओवादीबाट शालिकराम जमरकट्टेलले आन्तरिक मामिला तथा कानून मन्त्रालय र एमालेबाट केशव स्थापितले भौतिक पूर्वाधार तथा विकास मन्त्रालय सम्हालिसकेका छन्। आज विस्तार हुने मन्त्रिमण्डलमा माओवादीबाट एक र एमालेबाट तीन जानाले सपथ लिने छन्। सपथको लागि ५ बजेलाई समय तोकिएको छ।

स्रोतका अनुसार माओवादीका युवराज दुलालले सामाजिक विकास मन्त्रालय, एमालेका अरुण नेपालले उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय, कैलाश ढुंगेलले आर्थिक मामिला तथा योजना मन्त्रालय र दावा दोर्जे तामाङले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय सम्हाल्ने छन्।

प्रकाशित: १६ फाल्गुन २०७४ ०९:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App