८ वैशाख २०८१ शनिबार
समाज

७५ हजारले एकैसाथ बुद्धको उपदेश वाचन गर्नेछौँ :  तामाङ

काठमाडौँ – बुद्ध नेपालमा जन्मेका हुन भन्ने सन्देश विश्वमाझ पुर्‍याउने तथा गिनिज बुक अफ वर्ल्डमा रेकर्ड राख्ने उद्देश्यले आगामी फागुन १९ गते टुँडिखेलमा ७५ हजार मानिस जम्मा हुने भएका छन्।

‘मोस्ट पिपुल रिडिङ अलाउड स्यामुनट्यान्युस्ली सिंगल लोकेशन’ नाम दिइएको उक्त कार्यक्रमले विश्वमा सकारात्मक सन्देश प्रवाह गर्नुको साथै गिनिजबुकमा अर्को नयाँ रेकर्ड हुने बताउँछन् उक्त अभियानका वरिष्ठ उपाध्यक्ष अक्कल तामाङ।

उनका अनुसार बुद्धको जन्मभूमिको बारेमा भारतीय पक्षबाट केही केही टिकाटिप्पणीहरु उठ्ने गरेका छन् । त्यसको बारेमा विश्व समुदायलाई स्पष्ट पार्ने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको हो । अहिले सम्मको गिनिजि बुक वल्र्ड रेकर्डमा १६ औ शताब्दीका एक भारतीय एक कविको कविता सन् २०१४ मा भारतमा ४६ हजार ६ सय ६० मानिस एकै ठाउँमा उपस्थिति भएको रेकर्ड छ । त्यो रेकर्डलाई तोड्दै गिनिज बुकमा नयाँ रेकर्ड राख्ने उद्देश्यले यस कार्यक्रम आयोजना गर्न लागिएको हो । करिब ७५ हजार मानिसको उपस्थितिमा यस कार्यक्रमलाई सम्पन्न गर्न लागिएको छ । यस कार्यक्रममा पूर्व प्रधानमन्त्रीहरुलाई संरक्षक तथा कलाकार, लेखक, पत्रकार बुद्धिजीवीहरुलाई कार्यक्रमको सद्भावना दुत बनाइएको छ । राष्ट्रिय व्याक्तित्वहरूको उपस्थितिमा यस अभियानलाई सफल पार्न लागिएको छ।

उनले नेपाललाई विश्वसामु चिनाउने यस महाअभियानमा उपस्थित हुनको लागि सम्पूर्ण नेपालीलाई हार्दिक अनुरोध  समेत गरेका छन् । 

प्रकाशित: १६ फाल्गुन २०७४ ०८:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App