८ वैशाख २०८१ शनिबार
राजनीति

शशांकको दिवा भोजमा देउवाले भने : दलको नेता मै हुँ

काठमाडौं- कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी संसदीय दलको नेतामा आफ्नो उम्मेदवारी रहने बताएका छन्। कांग्रेस महामन्त्री शशांक कोइरालाले टोखा स्थित निवासमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा पार्टीको तर्फबाट निर्वाचित सांसदको सम्मानमा आयोजना गरेको दिवा भोजमा बोल्दै देउवाले संसदीय दलमा पनि आफैले नेतृत्व गर्ने बताए।

महामन्त्री कोइरालाले पार्टीलाई एकतावद्ध गराउनु पर्नेमा जोड दिए। उनले कांग्रेसको भविष्य उज्वल रहेको बताउँदै अहिलेको परिस्थितिमा मिलेर जानुपर्ने बताए। संसदीय दलको नेताका लागि प्रकाशमान सिंहले उम्मेदवार दिने बताइसकेका छन्। यता महामन्त्री कोइरालाले सर्वसम्मत भएमा आफुनै दलको नेताहुने चाहना राखेका छन्।

कांग्रेस संसदीय दलले फागुन २१ गते दलको नेता छान्दैछ। कांग्रेस संसदीय दलको निर्वाचनका लागि १८ गते निर्वाचन तालिका अनुसार प्रकाशन हुने छ,  २० गते उम्मेदवारी दर्ता गरी २१ गते निर्वाचन हुने छ। 

प्रकाशित: १६ फाल्गुन २०७४ ०७:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App