७ वैशाख २०८१ शुक्रबार
समाज

पोषणस्तर सुधार्न बाख्रापालन

पोषणका लागि पालिएका बाख्रा देखाउदै स्थानीय महिला। तस्बिर/नागरिक

जुम्ला – जुम्लाको हिमा गाउँपालिका ७ का ६२ वर्षिया लालसरी रोकायालाई यो समयमा बाख्रा चराउनमै ठिक्क छ। महिला तथा वालावालिकाको पोषण स्तर सुधार्नका लागि कृषि तथा खाद्य सुरक्षा आयोजनाले बाख्रा दिएपछि बाख्राको लालनपालनमै दिन गुज्रने गरेको हो।

विहान, वेलुका घरायसी काममा लाग्ने भएपनि दिउसो वाख्रापालनमै समय दिएकी छु। उनले भनिन, ग्रामिण स्तरका महिला तथा वालवालिकाको पोषण अवस्थामा परिवर्तन ल्याउन यो कार्यक्रम समय सान्दर्भिक छ।

उनले भनिन, गाउँमा देखिएको कुपोषणको अन्त्य गर्न बाख्रापालन गर्न थालेका छौं। यसले मासुजन्य पदार्थले प्रदान गर्ने चिजको परिपुर्ति गर्ने देखिएको छ। उनको ध्यान बाख्रापालनलाई व्यवस्थित बनाउदै लग्ने र जिविकोपार्जन र आयआर्जनको काममा टेवा पुग्नेमै केन्द्रित छ।
स्थानीय कलाकौरी रोकाया पछिल्लो समयमा व्यवसायीक बाख्रापालनमा आकर्षित छन्। बाख्रापालनले घरको आर्थिक अवस्था मजवुद बनाउनुका साथै आयआर्जनमा ठुलो सहयोग गर्ने भएकाले बाख्रापालन रोजाईमा परेको सुनाईन। उनले भनिन, चरनक्षेत्रको अभाव संगै व्यवसायीक बाख्रा पालन गर्न सकिएको थिएन, तर शरीरमा मासुजन्य पदार्थको महत्वका बारेमा बुझ्दै गएपछि किसानलाई बाख्रापालन गर्नमा हौसला उत्पन्न भएको हो। स्थानीय जातको बाख्रा राम्रो सित पालेका छौ, उनले भनिन, बाख्रापालनलाई फस्टाउदै आर्थिक र शारीरिक अवस्थालाई मजवुद बनाउन चाहान्छौ।

हिमा गाउँपालिकामा महिलालाई विभिन्न समूहमा गोलबन्द गर्दै पोषण सुधारका क्रियाकलाप अघि बबढेका हुन्। समुहमा आवद्ध सबैलाई बाख्रा दिएका छौ, वरिष्ठ कृषि विकास अधिकृत भरत प्रसाद कडेलले भने,अहिले सम्म राम्रै संग पालेको देखेका छौ। पहिलो चरणमा दिएका बाख्रावाट दुईचार पाठापाठी बढिसकेका छन्। घाँसको विउ उपलव्ध गराउनुका साथै औषधी उपचारको प्रवन्ध पनि गर्दै आएका छौं। प्रत्येक समूहमा २५ बाख्रा सहित २ वोका दिने गरिएको जिल्ला पशुसेवा कार्यालय जुम्लाले जनाएको छ।

उनीहरुलाई पशु विमामा आकर्षित गराउन थालिएको छ। प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले खाद्य सुरक्षा आयोजनामा वितरण भएका बाख्राको उचित रेखदेख गरि कार्यक्रमको मर्मअनुसारको काम गर्न किसानलाई आग्रह गरे। उनले भने, स्थानीय आवश्यकता, किसानको माग र यहाँको अनुकूलताका आधारमा कार्यक्रम सञ्चालन भएकोले सन्तोषजनक देखिएको छ। उनले बाख्रापाल्ने वहानामा वालवालिकालाई स्कुल जानबाट वञ्चित नगराउनको लागि सुझाव दिए।

जिल्ला समन्वय समितीका प्रमुख लालवहादुर सार्कीले सधै अर्काकै भरमा अघि वढ्नु भन्दा पनि स्वतस्फूर्त मनै देखि बाख्रापालन गर्नुपर्नेमा जोड दिए। जिल्लाका तत्कालिन १० गाउँविकास समितीमा बाख्रापालन गरिएको छ।   
 

प्रकाशित: १६ फाल्गुन २०७४ ०५:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App