७ वैशाख २०८१ शुक्रबार
समाज

ट्रकको ठक्करबाट महिलाको मृत्यु

चितवन – पूर्वी चितवनको राप्ती नगरपालिका–२, गड्यौलीस्थित पूर्व पश्चिम लोकमार्गमा बुधबार बिहान ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार नेपालगन्जबाट विराटनगरतर्फ जाँदै गरेको ना ६ ख २१७४ नम्बरको ट्रकले ठक्कर दिँदा स्थानीय ७० वर्षीया पार्वती बर्ताैलाको घटनास्थलमा नै मृत्यु भएको हो।

ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिहान ९ बजे घटना भएपछि स्थानीयवासीले केही बेर राजमार्ग अवरुद्ध पारेका थिए।  (रासस)

प्रकाशित: १६ फाल्गुन २०७४ ०४:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App