coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

इस्पानियोलसँग रियल मड्रिड स्तब्ध

स्पेन – स्पेनिस ला लिगा फुटबलमा दोस्रो हाफको इन्जुरी समयमा सम्हालिन नसक्दा इस्पानियोलसँग रियल मड्रिड पराजित भएको छ।
प्रतियोगिताअन्तर्गत मंगलबार राति इस्पानियोलको मैदानमा सम्पन्न खेलमा रियल मड्रिड  १–० ले स्तब्ध भएको हो । इस्पानियोलका लागि दोस्रो हाफको इन्जुरी समयमा जेरार्ड मोरेनोले गरेको गोलनै जितका लागि पर्याप्त बन्यो।

यो खेलमा स्ट्राइकर क्रिष्टियानो रोनाल्डो भने खेलेका थिएनन्। रियल मड्रिडले इस्पानियोलसँग सन् २००७ यता पहिलो हार ब्यहोरेको हो। पराजय भोगेसँगै रियल मड्रिडले शिर्ष स्थानको बार्सिलोना र दोस्रो स्थानको एथ्लेटिकको मड्रिडसँग अंक दुरी घटाउने अवसर गुमाएको छ।
तेस्रो स्थानको रियालको २६ खेलबाट ५१ अंक छ। इस्पानियोल समान खेलबाट ३१ अंक जोड्दै १३ औं स्थानमा छ। त्यस्तै रातिनै सम्पन्न अर्को खेलमा जिरोनाले सेल्टा भिगोलाई १–० ले हराएको छ।

प्रकाशित: १६ फाल्गुन २०७४ ०४:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App