७ वैशाख २०८१ शुक्रबार
समाज

सिरिया घटनाका मृतकको सम्झनामा दीप प्रज्वलन

रत्ननगर- सिरियामा भइरहेको नरसंहार र बमबारीको विरोध तथा मृतकको सम्झनामा चितवनमा दीप प्रज्वलन गरिएको छ।

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले चितवनको भरतपुरस्थित चौविसकोठीमा उक्त घटनाको विरोध गर्दै मंगलबार साँझ मृतकको सम्झनामा दीप प्रज्वलन गरेको हो । उनीहरुले सिरियामा भइरहेको पछिल्लो आक्रमणको विरोधसमेत गरेका थिए ।

शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसंघले ध्यान दिनुपर्ने विद्यार्थीको भनाइ थियो । विभिन्न सञ्चारमाध्यममा आइरहेका दृश्यले सिरिया घटनाले बालबालिका बढी प्रभावित भएको र आक्रमणको निशानामा परिरहेको भन्दै विद्यार्थीले यस्ता घटना रोकिनुपर्नेमा जोड दिए।

उनीहरुले मृतकको चिरशान्तिको कामनासमेत गरेका छन् । बालबालिकाको बीभत्स हत्या भइरहेकाले रोकिनुपर्ने भन्दै अखिल क्रान्तिकारीका संयोजक वसन्त आचार्यले मृतकको सम्झनामा दीप प्रज्वलन गरिएको बताए।

यसैबीच, चितवनको नारायणगढमा समेत मंगलबार दीप प्रज्वलन गरी युवाले सिरिया घटनाको विरोध गर्दै मृतकको सम्झनामा दीप प्रज्वलन गरेका थिए । विभिन्न स्कूल, कलेजका विद्यार्थी संगठनले नारायणगढको लायन्स चोकमा दीप प्रज्वलन गरी सिरिया घटनाका मृतकको सम्झना गरेका थिए । उनीहरुले सो घटना रोक्न मागसमेत गरेका स्थानीयवासी लेखराम सापकोटाले जानकारी दिए।रासस

 

प्रकाशित: १६ फाल्गुन २०७४ ०२:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App