६ वैशाख २०८१ बिहीबार
अर्थ

सेयर बजार ६ बिन्दुले उकालो लाग्यो

काठमाडौं– निरन्तर ओरालो लाग्दै आएको सेयर बजार मंगलबार भने ५.८६ बिन्दुले उकालो लागेको छ । नयाँ अर्थमन्त्रीमा पूर्वगभर्नर युवराज खतिवडा नियुक्त भएको भोलिपल्ट सेयर बजारमा केही सुधार आएको हो।

लगानीयोग्य पुँजी (तरलता) को अभाव समाधान हुने र सेयर लगानीकर्ताले सस्तो ब्याजदरमा सेयर धितोमा ऋण पाउने अपेक्षा गरेका कारण सेयर बजार झिनो अंकले बढेको एक स्टक ब्रोकरले बताए । लगानीकर्ता आशावादी भएकाले बजार उकालो लागेको उनको भनाइ थियो ।मंगलबार बजार ५.८६ बिन्दुले बढेर १३६४.८१ मा पुगेको छ । यस दिन एक सय ५३ कम्पनीको ५५ करोड ६८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कुल ११ लाख ५१ हजार नौ सय ६५ कित्ता सेयर किनबेच भएका छन्।

कारोबार भएका नौवटा सूचकमध्ये पाँचवटामा हरियाली छाएको छ भने बाँकीमा गिरावट आएको छ । सबैभन्दा धेरै होटल समूहको सूचक ३१.२६ विन्दुले बढेको छ । अन्य समूहमा पनि ११.९ बिन्दुले उकालो लाग्यो । उत्पादनमूलक समूह भने १०.४१ बिन्दुले ओरालो लाग्यो । कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा छ । नेपाल लाइफको ६ करोड ७१ लाखभन्दा बढीको सेयर कारोबार भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः प्रभु बैंक र नेपाल लाइफ कै संस्थापक सेयर करोबार भएको छ।
 

 

प्रकाशित: १६ फाल्गुन २०७४ ०१:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App