४ वैशाख २०८१ मंगलबार
अर्थ

इन्भेस्टमेन्ट बैंकका तीन शाखा थपिए

काठमाडौं– नेपाल इन्भेस्टमेन्ट बैंकले एकै दिन विभिन्न तीन ठाउँमा शाखा कार्यालय विस्तार गरेको छ ।
पर्वतको जलजला गाउँपालिका, बैतडीको सुनया गाउँपालिकास्थित सतबाज र भोजपुरको पौदुम्मा गाउपालिकास्थित तिवारी भन्ज्याङमा शाखा कार्यालय विस्तार गरेको हो । नयाँ शाखासँगै बैंकको शाखा संख्या ६६ वटा पुगेको छ।  

बैंकले ग्रामीण क्षेत्रका ग्राहकलाई ध्यानमा राखी प्रदेश अनुसार वित्तीय सञ्जाल विस्तार गर्ने योजना अनुसार शाखा विस्तार गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।बैंकिङ सुविधाबाट टाढा रहेका ग्रामीण क्षेत्रका स्थानीयलाई आर्थिक कारोबारमा सहज हुने जनाएको छ । सहुलियत रुपमा ऋण उपलब्ध गराई साना तथा मझौला उद्योग तथा कृषि व्यवसायमा सहयोग गर्ने बैंकको उद्देश्य रहेको छ ।

प्रकाशित: १६ फाल्गुन २०७४ ०१:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App