५ वैशाख २०८१ बुधबार
अर्थ

सानिका ७ शाखा थपिए

काठमाडौं– सानिमा बैंक लिमिटेडले विभिन्न सात ठाउँमा शाखा कार्यालय विस्तार गरेको छ । बैंकले डडेलधुराको अमरगढी, कैलालीको टिकापुर, पाल्पाको तानसेन, उदयपुरको गाईघाट, सप्तरीको राजविराज, इलामको माई र इलाम बजार गरी सातवटा नयाँ शाखा कार्यालय विस्तार गरेको हो।

अमरगढी र टिकापुर शाखाको उद्घाटन बैंकका ब्रान्ड प्रवद्र्धक हरिवंश आचार्य र सञ्चालक भरतबहादुर थापाले गरेका थिए । तानसेन शाखा ब्रान्ड प्रवद्र्धकद्वय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र बैंक सञ्चालक भरतबहादुर थापाले उद्घाटन गरेको बैंकले जनाएको छ ।सानिले ५८ शाखा, एक एक्सटेन्सन काउन्टर र ६७ एटिएमबाट सेवा दिइरहेको जनाएको छ ।

प्रकाशित: १६ फाल्गुन २०७४ ०१:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App