नेपाल र रुसको सम्बन्ध थप प्रगाढ बनाउन प्रधानमन्त्री प्रतिबद्ध

मङ्गलबार, १५ फागुन २०७४, १९ : ४० नागरिक

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र रुसबीचको सम्बन्ध थप प्रगाढ बनाउनुपर्नेमा जोड दिएका छन्। 

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई भेट्न आएको रसियाको एकातेरिनवर्ग प्रान्तका उपगभर्नर अलेक्जेण्डर भिसोकिन्सी नेतृत्वको प्रमण्डलसँग मंगलबार उनले दुई देशबीचको सम्बन्ध थप आत्मीय हुने विश्वास व्यक्त गरेका हुन्।

सन् २०२५ को वल्र्ड एक्स्पो आयोजना गर्न आफ्नो प्रान्तले उम्मेदवारी दिएकाले त्यसलाई समर्थन गरिदिन प्रधानमन्त्री ओलीसमक्ष भिसोकिन्सीले आग्रह गरेका थिए। उक्त मेलामा विश्वका विभिन्न देशका राजनीतिक, औद्योगिक, सामाजिक र सांस्कृतिक विशेषताहरु प्रदर्शनी हुने भिसोकिन्सीले प्रधानमन्त्री ओलीलाई जानकारी गराए। 

प्रधानमन्त्री ओलीले उपगभर्नर भिसोकिन्सीको भ्रमणले नेपाल र रसियाको सम्बन्धलाई थप मजबुद बनाउने प्रतिक्रिया दिए। ओलीले मन्त्रिपरिषद्ले पूर्णता पाएपछि भिसोकिन्सीको प्रस्तावमा छलफल गरेर निर्णयमा पुग्ने जवाफ समेत दिए। ‘तपाईंको प्रस्तावलाई सकारात्मक लिएको छु। मन्त्रिपरिषद्मा छलफल गरेर निणर्य गर्नेछु’, प्रधानमन्त्रीले भने।

भेटमा रसियाका राजदूत आन्द्रेइ वुदनिकले रसियाका प्रधानमन्त्रीले प्रधानमन्त्री ओलीलाई बधाई तथा शुभकामना पठाएको जानकारी दिएका थिए। रासस








यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस मनि ट्रान्सफर र एन् एस् क्यास पोइन्ट/लु लु एक्सचेन्ज मलेशियाको संयुक्त पहलमा स्क्त्र्याच एण्ड विन प्रमोसन अगस्ट १०,२०१९...

पल्सर एनएस २०० अब एबीएसमा

पल्सर एनएस २०० अब एबीएसमा

हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि., नेपालका लागि दुई पाङग्रे बजाज मोटरसाइकलहरुको एक मात्र अधिकृत वितरकले नयाँ पल्सर एनएस २०० मा...

तयारी पोसाकको सो रुम खुल्यो

तयारी पोसाकको सो रुम खुल्यो

पूर्वकै केन्द्र मानिएको इटहरीमा तयारी पोसाकका सामग्री खरिद गर्ने सो रुम खुलेको छ। ...

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले नर्भिक इन्टरनेसनल अस्पताल र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरेको छ । ...

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

मुद्दा हारेको खण्डमा फेसबुकले अहिलेसम्म कै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नु पर्ने हुन्छ ! ...

उद्यम चलाउन महिलालाई अवसर

उद्यम चलाउन महिलालाई अवसर

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थपमाया थापा मगरले महिलालाई उद्यमशीलतासँग जोड्न आवश्यक रहेको बताएकी छन् । ...

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

Ncell Footer Ad