८ वैशाख २०८१ शनिबार
राजनीति

नेकाको संसदीय दलको निर्वाचन सोमबार : त्रिपक्षीय भिडन्त

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलको नेता छनोटका लागि आगामी सोमबार निर्वाचन हुने भएको छ। पार्टी केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठको संयोजकत्वमा गठन भएको निर्वाचन समितिको मंगलबारको बैठकले फागुन २१ गते सोमबार नेता चयनका लागि निर्वाचन गर्ने मिति तय गरेको हो।

संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह आकांक्षी देखिएका छन्।

फागुन १८ गते शुक्रबार पुनः बस्ने समितिको बैठकले संसदीय दलको निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने सहमति पनि बैठकले गरेको छ। ‘पार्टी नेताहरुसँग परार्मस गरेर शुक्रबार निर्वाचन कार्यतालीका सार्वजनिक गर्नेछौं,’ समिति संयोजक श्रेष्ठले नागरिकन्यूजसँग भने, ‘प्रतिनिधिसभाको पहिलो बैठक अघि नै फागुन २१ गते दलको नेता छनोट गर्नेछौं ’
फागुन २० गते आइतबार मतदाता नामावली प्रकाशित गर्नुको साथै सोही दिन दलको नेताका लागि मनोनयन दर्ता गर्ने तयारी समितिले गरेको छ। ‘संघीय संसद्का सदस्यहरुको शपथ हुने दिन (फागुन २०गते) दलको नेताका लागि दरखास्त लिने समितिको आन्तरिक तयारी छ,’ श्रेष्ठले भने।

पार्टीको संसदीय दलको कार्यालयलाई नै समितिको कार्यालय तोकेको छ। भने, पार्टी केन्द्रीय कार्यालयका सचिव केशव रिजाललाई सचिवको जिम्मेवारी तोकेको समितिले दलको नेता छनोटका लागि मतपत्र नै प्रयोग गर्ने भएको छ। ‘धेरै सांसद नभएकाले मतपत्र नै प्रयोग गर्ने गरी निर्वाचन सम्बन्धी कार्यविधि बैठकले पारित गरेको छ,’ संयोजक श्रेष्ठले भने।

संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह आकांक्षी देखिएका छन्। सभापति देउवा पक्षको स्पष्ट बहुमत देखिएको संसदीय दलमा महामन्त्री कोइरालाले सर्वसहमति भएमात्र आफु दलको नेता बन्ने घोषणा गरेका छन्। तर, पूर्वमहामन्त्री सिंह भने सभापति विरोधी धारको नेतृत्व गर्दै दलको नेतामा प्रतिष्पर्धा गर्ने पक्षमा छन्।

२ सय ७५ सदस्यीय प्रतिनिधिसभा ६३ सांसद् मात्र रहेको कांग्रेसमा सभापति देउवा पक्षको ३६ सांसद् छन् भने नेता रामचन्द्र पौडेल निकटका २४ र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला समुहका ३ सांसद् छन्। सिटौला समुहका तीन सांसदको मतपनि देउवाको पक्षमा परेमा ३९ मत हुनेछ भने उक्त मत सिंहको पक्षमा परे २७ पुग्ने आन्तरिक विश्लेषण छ। संघीय संसदको बैठक फागुन २१ गतेका लागि आह्वान भएकाले कांग्रेसले पनि संसदीय दलको नेता छान्न लागेको हो।

प्रकाशित: १५ फाल्गुन २०७४ १३:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App