coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

नाचघरमा मंगलमानको खोजी

काठमाडौं- कस्ता कस्ता सज्जनको नलेखेर गाथा

लेख्न थाल्यो त्यस्तो मंगलमानको गाथा।

भन्नेलाई मेरो सानो उत्तर यो भाइ।

कामले नै तौलने हो सानो–ठूलोलाई।

युगकवि सिद्धिचरण श्रेष्ठले 'मंगलमान' खण्डकाब्यमा सामन्त र अभिजात वर्गबाट आउने आंशकाको उत्तर उतिबेलै यसरी पोखेका थिए। सामान्य जीवन बिताउँदै समाजका लागि योगदान दिने तीनै युगकविका आदर्श पात्रको नामबाटै जनताका कलाकार रामेशले सिर्जना गरेका उनको  १२ औं  कृति 'हाम्रो  मंगलमान' नामक गीतिएल्बम सोमबार राजधानीमा लोकार्पण भएको छ।

आफै भोको भए पनि, भोको साथीलाई

खानेकुरा दिने गर्थ्यो खोजीखोजी ल्याई

ऊ हो मंगलमान, हाम्रो मंगलमान।

मंगलमानलाई अमरत्व प्रदान गर्ने उक्त गीतसँगै बम देवानद्वारा रचित मेरो देश, रामेशको नेल्सन मण्डेला र पूर्वबाट उदायो, प्रमोद हमालको कालाको जीत, केपी पाठकको न कुनै गल्ती, लक्ष्मीप्रसाद देवकोटाको नेपाली भाइ लगायतका गीत एल्बममा संग्रहित छन्। 

सार्थक जनसंगीत प्रतिष्ठान तथा सांस्कृतिक संस्थानले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा सिद्धिचरणका चेला प्रोफेसर माणिकलाल श्रेष्ठले सिद्धिचरण, मंगलमान र रामेशबारे बोल्दै तिनैको संगममा  सार्थक काम भएको चर्चा गरे।

सांस्कृतिक संस्थानका निमित्त प्रमुख प्रभाकरदेव शर्माले समाजमा थुप्रै मंगलमान हराइरहेको भन्दै उनीहरुको  आवाज  बाहिर आउनुपर्ने बताए। 'सामान्यरुपमा रहेर मुलुकको हितमा योगदान गर्नेहरु ओझेलमा परेका छन्,' उनले भने, 'ती समाजका नायकहरुको खोजी हुनु जरुरी छ।'

कार्यक्रममा रामेशले बम देवानको गीत 'मेरो देश खोज्दै जाँदा देश मैले देखे ज्ानता नै देश रैछ, देश मैले भेटे  तथा नेल्सन मन्डेलामा समर्मित गीत 'कालो अफ्रिकामा काला खानीबाट चमचम गर्ने हिरा निस्केको छ लगायतका भावपूर्ण गीत गाए।

प्रकाशित: २ भाद्र २०७३ ०३:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App