४ वैशाख २०८१ मंगलबार
समाज

सरकारी अस्पतालमा छड्के, ३१ डाक्टर गयल

वीरगन्ज – वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा स्थानीय प्रसाशनले मंगलवार छड्के जाँच गर्दा ५३ मध्ये ३१ डाक्टरहरु अनुपस्थित देखिए। ‘जिल्ला प्रशासन कार्यालयबाट गएको प्रशासकीय अधिकृत ठाकुरराम भण्डारी नेतृत्वको टोली अस्पतालमा पौने १० बजे पुगेको थियो। डाक्टरहरु आउने समय ९ बजे हो, सावा १० बजेसम्म २२ जना डाक्टरहरु आउनु भयो, ३१ जना डाक्टर डिउटीमा नआएको भेंटियो,’ पर्साका प्रमुख जिल्ला अधिकारी बिनोदप्रकाश सिंहले भने, ‘१८ जना प्राविधिक कर्मचारी, १० जना नर्सिङ स्टाफ र ५ जना प्रशासनिक कर्मचारी पनि अनुपस्थित नै थिए।’

नारायणी अस्पताल विकास समितिका अध्यक्ष बिनोद गुप्ताले अनुपस्थित डाक्टरहरु उपर नियम अनुसार कारवाही हुनुपर्ने बताए। ‘मैले हदैसम्मको कारवाही होस स्थानीय प्रसाशनलाई भनेको छुँ,’ उनले भने, ‘सेवा दिनु पर्ने समयमा नआउने डाक्टरको पक्षमा बोल्न सकिदैन्।’ सरकारी अस्पतालमा पुग्दा डाक्टर नभेंटिने सर्वसधारणको गुनासो आइरहेको कारण जिल्ला प्रसाशन कार्यालयले मंगलवार छड्के गरेको प्रजिअ सिंहले जनाए। वीरगन्जमा रहेको नारायणी उपक्षेत्रीय अस्पताल पर्सादेखी सर्लाहीसम्मका सर्वसधारण बिरामीहरु गन्तब्य रहेको छ। यहाँ स्वास्थ्य सेवा पाउने आशाले गाउँगाउँबाट बिरामीहरु आइपुग्छन्। 

‘अस्पतालबाट आवश्यक स्वास्थ्य सेवाहरु नपाउदा बिरामीहरु दुख पाउछन्,’ स्थानीय अगुवा सुन्दर कुर्मीले भने, ‘डाक्टरहरुको मनोमानी छ, अस्पतालमा दिनु पर्ने समय निजी क्लिनिकमा दिन्छन्।’ राजनीतिक दलहरुभन्दा डाक्टरहरु बीचको राजनीतिक चर्को रहेको कुर्मीले टिप्पणी गरे। अस्पताल विकास समिति निस्क्रिय भएपछि यस्तो भएको बताउदै यसमा स्थानीय निकाय जिम्मेवार बन्नुपर्ने उनले राय जनाए। स्थानीय निकाय मातहतमा अस्पताल आइसकेपछि वीरगन्ज महानरपालिकाले नियमावली बनाएर अस्पताललाई नियमन गर्न ढिलाई गर्न नहुने उनको राय छ।

बिगत लामो समयदेखी राजनीतिक भर्नाको आखाडा रह्दै आएको नारायणी अस्पतालमा सर्वसधारणले चाहिएजस्तो सुलभ किसिमले सेवा पाउन सकेका छैनन्। अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मुकेश जैसवालले यसमा प्रतिक्रिया दिन चाहेनन्। 

प्रकाशित: १५ फाल्गुन २०७४ १२:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App