८ वैशाख २०८१ शनिबार
अर्थ

तकारीबाट डेढ लाख आम्दानी

तरकारीवारिमा काम गर्दै चन्द्रा थापा शाह । तस्बिर : नागरिक

रुकुम – सिस्ने गाउँपालिका वडा नं. ५ ढकालबाराकी चन्द्रा थापा शाह तीन वर्ष खट्टामा गहिरो चोट लाग्यो। दाउरा गएका बेला खुट्टामा चोट लागेपछि उनी साह्रो काम गर्न सक्दिनन्। घर खर्च बढ्दै गएको र आम्दानीको स्रोत नढेपछि उनी उनले घरमै सामान्य तरकारी खेती गर्न थालिन।

तरकारी उत्पादन राम्रो र आम्दानी धेरै हुन थालेपछि उनले तरकारी व्यवसाय बढाइन्। अहिले उनले गाउँमा राम्रो तरकारी खेती गरेकी छिन्। यस पेशावाट राम्रो आम्दानी हुने गरेको चन्द्राले बताइन्। ‘म गाह्रो भारि बोकेर हिडडुल गर्न सक्दैन्’ उनले भनिन्, ‘बसेर गर्ने काम गर्छु।’ ‘मेरा लागि तरकारी व्यवसाय नै उपयुक्त लाग्यो’ उनी भन्छिन्, ‘त्यसैले तरकारी खेती गर्न थाले।’ उनको बारीमा अहिले बन्दा, काउली, आलु, प्याज, गाजर लगाएकी छिन्। वर्षमा डेढलाख भन्दा बढी आम्दानी हुने गरेको उनले बताइन्।

‘पाँच जनाको परिवार पालनपोषणमा खर्च गर्ने गरेको छु’ उनले भनिन्, ‘यस व्यवसाय सुरु गरेपछि दैनिक रुपमा बचत गर्नेको बानी समेत बसेको छ।’ रुकमेली समाज विकास केन्द्रद्वारा सञ्चालित कृषि, स्वास्थ्य तथा बैकल्पिक जीविकोपार्जन प्रबद्र्धन (पहल) कार्यक्रमले समेत उनको व्यवसायमा सहयोग गरेको छ। सुरुमा उनलाई कृषि सम्बन्धि तालिम दिएको थियो। तालिम पश्चात टनेल, कृर्षि सम्बन्धि अन्य सामग्री समेत सहयोग पाएको चन्द्राले बताइन्। रुकुम (पुर्व) को प्रस्तावित सदरमुकाम रुकुमकोटमा तरकारीको माग समेत बढ्न थालेपछि यहाँका तरकारी खेती राम्रो फस्टाएको उनका पति जित कुमार शाहले बताए। उनी पेशाले शिक्षक छन्। तर शिक्षण पेशाले मात्र घर धान्न धौ धौ भएपछि पत्नी तरकारी खेतीमा लागेको उनी बताउँछन्।

अहिले आम्दानीको स्रोत बढ्दै गएको र घर खर्च चलाउन सहज हुँदै गएको उनीहरुको भनाई छ। उनको तरकारी रुकुमकोट बजारमा मात्र जानेको गरेको छ। पछिल्लो समयमा तरकारीमा सिँचाई नहुँदा तरकारी खेतीमा समस्या भएको उनी बताउँछिन्। तरकारी खेतीमा रोग लाग्दा बेला बेलामा पहलवाट प्राविधिकको टोली आएर अनुगमन र उपचार गर्ने गरेको उनीहरुको भनाई छ। तरकारी खेतीवाट आयआर्जन बढाई आत्मनिर्भर बनाउँन तरकारी खेती गरि रहेको र गर्ने किसानहरुलाई सहयोग गरिएको पहल कार्यक्रमका जिल्ला संयोजक उदय केसीले जानकारी दिए। यस कार्यक्रम मार्फत जिल्लाका विभिन्न व्यक्तिहरुको आर्थिक स्थितिमा सुधार आएको उनको भनाई छ।

प्रकाशित: १५ फाल्गुन २०७४ १२:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App