वाम गठबन्धन र फोरमबीच सरकारमा सहभागिताबारे छलफल, भोलि टुंगो लाग्ने

मङ्गलबार, १५ फागुन २०७४, १६ : २५ नागरिक

 काठमाडौं – नेकपा एमाले, माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपालबीच मंगलबार संविधान संशोधन र सरकारमा सहभागिताबारे छलफल भएको छ। फोरमलाई सरकारमा सहभागी गराउने र संविधान संशोधन गर्ने विषयमा वाम गठबन्धन र फोरमका दोस्रो तहका नेताबीच छलफल भएको हो।

एमाले नेता सुवास नेम्वाङले फोरमसँगको छलफल सकारात्मक दिशामा अघि बढेको बताए। ‘सबै सन्दर्भमा वार्ता सकारात्मक रुपमा अघि बढेको छ। उहाँहरुले हाम्रा मागहरु सम्बोधन हुनुपर्यो भन्ने कुरा राख्नुभयो। फोरमको सरकारमा सहभागी, संविधान संशोधन लगायत विषयमा सकारात्मक कुराकानी भएको छ। भोलिसम्म टुंगिन्छ होला।’ नेम्वाङका अनुसार एमाले–माओवादी जायज मुद्दामा संविधान संशोधन गर्न र फोरम सरकारमा आउन तयार भएको छ।

दुबै पक्षबीच लिखित सहमतिका लागि दोस्रो वरियताका नेताले छलफल गरेर ड्राफ्ट तयार पार्ने फोरम नेता राजेन्द्र श्रेष्ठले बताए। ‘संविधान संशोधनका लागि वाम गठबन्धन तयार देखिएको छ। आजको बैठकमा सकारात्मक छलफल भएको छ। उहाँहरुले पार्टीमा फेरि एकपटक छलफल गर्छौं भन्नुभएको छ। चाँडै टुंगोमा पुग्छौं।’ केपी शर्मा ओली नेतृत्वको वाम सरकारले फोरमलाई सरकारमा सहभागी गराउन खोजेको छ। फोरमले सरकारमा जान संशोधनको शर्त अघि सारेपछि दुई पक्षबीच वार्ता चलिरहेको छ। यसअघि एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र फोरम अध्यक्ष उपेन्द्र यादवबीच सरकारमा सहभागी हुनेबारे दुईपटक एक्लाएक्लै छलफल भइसकेको छ।






यसमा तपाईको मत

अन्य समाचार

सुजुकीको ‘एस–प्रेसो’ अब नेपालमा

सुजुकीको ‘एस–प्रेसो’ अब नेपालमा

नेपालका लागि सुजुकी ‘फोर–ह्विलर’ तथा सिजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाली बजारमा बहुप्रतिक्षित मिनी एसयुभी ‘एस–प्रेसो’, ‘माई फस्र्ट एसयुभी’...

मोटोरोलाको नयाँ र अभिनव रेजर स्मार्टफोन

मोटोरोलाको नयाँ र अभिनव रेजर स्मार्टफोन

पुरानो रेजर फोन कै डिजाइनमा आधारित भएर यस नयाँ डिजाइनलाई निर्माण गरिएको छ ...

हामा आईरन एण्ड स्टीलतर्फबाट निर्मल पूर्जालाइ बधाई तथा शुभकामना व्यक्त

हामा आईरन एण्ड स्टीलतर्फबाट निर्मल पूर्जालाइ बधाई तथा शुभकामना व्यक्त

निर्मल पूर्जा, ‘निम्स दाई’ ले यस भन्दा अगाडी पनि पर्वतारोहणका सम्बन्धमा अनेक विश्व किर्तिमान पनि आफ्नो नाममा लेखाएका छन् ।

'काश्मिरका स्वादहरू' फूड फेस्टिवल (भिडियो)

'काश्मिरका स्वादहरू' फूड फेस्टिवल (भिडियो)

'काश्मिरका स्वादहरू' फूड फेस्टिवल १२ देखि २४ नोभेम्बरसम्म अल्फ्ट काठमाण्डु ठमेलमा चलिरहेको छ। ...

सिटी एक्सप्रेसद्वारा मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट हस्तान्तरण

सिटी एक्सप्रेसद्वारा मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट हस्तान्तरण

सिटी एक्सप्रेस ग्रुपद्धारा सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट हस्तान्तरण गरिएको छ। ...

नेपाल टेलिकमको बल्क एसएमएस सेवा

नेपाल टेलिकमको बल्क एसएमएस सेवा

नेपाल टेलिकमले एकैपटकमा धेरैजनालाई एकै प्रकारको सन्देश पठाउन मिल्ने बल्क एसएमएस सेवा उपलब्ध गराएको छ । ...

सेवा सुविधामा छुटसम्बन्धी सम्झौता

सेवा सुविधामा छुटसम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी तीनकुनेबीच सेवा सुविधामा छुटसम्बन्धी सम्झौता भएको छ । ...

सेलपेको दोस्रो चरणको स्टल एक्टिभेसन सुरु

सेलपेको दोस्रो चरणको स्टल एक्टिभेसन सुरु

नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक कम्पनी सेलपे सेवाले दोस्रो चरणको स्टल एक्टिभेसन सरु गरेको छ । ...

Ncell Footer Ad