coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

एमाले-माओवादी विधानको पहिलो खाका फागुन २२ भित्र

काठमाडौं- नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पार्टीको अन्तरिम विधान लेखनको तयारी थालेका छन्। आइतबार विधान लेखनको लागि दुवै पार्टीका दस्ताबेज संकलन गर्ने निर्णय गरेका एमाले र माओवादीले फागुन २२ गतेसम्म विधानको मस्यौदा तयार पार्ने भएका छन्।

मंगलबार बसेको कार्यदलको बैठकले विधान मस्यौता तयार पार्न माओवादीबाट वर्षमान पुन र एमालेबाट वेदुराम भुसाललाई जिम्मा दिएको एमाले नेता गोकर्ण विष्टले बताए। यस्तै जनसंगठन, पेशगत संगठन, सामुदायीक संगठन र प्रतिष्ठानको एकताको विधि तयार पार्न एमाले सचिव गोकर्ण विष्ट र माओवादीबाट गिरिराजमणी पोखरेललाई जिम्मा दिएको छ। विष्टका अनुसार दुवै समितिले फागुन २२ गते भित्र आफ्नो तयारी पुरा गर्नेछन्।

पार्टी एकता संयोजन समितिले संगठनात्मक एकताको लागि विधान बनाउन कार्यदल गठन गरेको थियो।

पार्टीको शीर्ष तहदेखि प्रारम्भिक तहसम्म एकताका आधार तयार गर्ने गरि कार्यदलले गृहकार्य गर्ने छ। कार्यदमा संयोजक माओवादी नेता रामबहादुर थापा संयोजक छन्। एमालेबाट ईश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण बिष्ट, सुरेन्द्र पाण्डे, रघुवीर महासेठ र बेदुराम भुसाल रहेका छन्। यस्तै माओवादीबाट वर्षमान पुन, गिरिराजमणी पोखरेल, जनार्दन शर्मा र मात्रिका यादव सदस्य छन्।

 

प्रकाशित: १५ फाल्गुन २०७४ ०७:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App