५ वैशाख २०८१ बुधबार
कला

जेठमा आकाश र आँचलको ‘ब्ल्याक’

काठमाडौं – आँचल शर्मा र आकाश श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘ब्ल्याक’ले प्रदर्शन मिति तय गरेको छ । आँचल र आकाशलाई समेटेर पोस्टर सार्वजनिक गर्दै फिल्मले प्रदर्शन मिति सार्वजनिक गरेको हो । निर्माण ब्यानर आश्मा फिल्मस्ले आगामी जेठ ११ लाई आधिकारिक प्रदर्शन मिति तय गर्दै चार पोस्टर एकसाथ रिलिज गरेको हो।

सार्वजनिक पोस्टरमा आँचल र आकाश प्रेमभावमा देखिन्छन् भने एक पोस्टरमा आकाशलाई ‘एक्सन’ मुडमा प्रस्तुत गरिएको छ । निर्माण टिमले मुख्य दुई कलाकार मात्रै फिचर भएको पोस्टर सार्वजनिक गर्दै नयाँ पुस्ताका दर्शकमाझ जान खोजेको आभाष दिएको छ।

आश्मा पाण्डेको निर्माणमा बनेको फिल्मको पोस्टर रिलिजसँगै औपचारिक रुपमा प्रचार प्रसारको थालनी गरिएको निर्देशक श्रेष्ठले बताए । ‘पछिल्लो समय नेपाली फिल्मप्रति आकर्षित भइरहेको र निरन्तर हेरिरहेका दर्शकको मनोभावना बुझ्नेगरी फिल्म तयार गरेका छौँ, निर्देशकले श्रेष्ठले भने, ‘हाम्रो फिल्मले आजसम्म हलमा नपुगेका नयाँ दर्शकलाई समेत आकर्षण गर्नेछ ।’

एक्सन लभस्टोरी जनराको फिल्म मौनता श्रेष्ठको लेखनमा तयार भएको हो । प्रदिप श्रेष्ठ निर्दे्शित ‘ब्ल्याक’मा महेश खड्का र प्रतिक पौडेलको संगीत छ भने द्वन्द्व निर्देशनको काम चन्द्र पन्तले गरेका छन् । रामजी लामिछानेको कोरियोग्राफी समावेश फिल्ममा सम्पादन अर्जुन जिसीको छ । फिल्मलाई राजधानीमा गोविन्द शाहीले वितरणको जिम्मा लिएका छन् भने मोफसलमा मनोज राठी र उज्जल पौडेलले वितरण गर्नेछन् । चेतनकुमार पाण्डे फिल्मका कार्यकारी निर्माता हुन्।

 

प्रकाशित: १५ फाल्गुन २०७४ ०३:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App