coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

इन्भेष्टमेण्ट बैंकको ३२ औं वर्ष पूरा

काठमाडौं, –नेपाल इन्भेष्टमेण्ट बैंकले ३२ औं वर्ष पूरा गरेको छ । आठ लाखभन्दा बढी ग्राहक रहेको बैंकको हाल ६३ वटा शाखा (नारायणघाट र पर्सा शाखा स्थानान्तरणको प्रक्रियासहित) तथा ९८ वटा एटिएमबाट सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ।

५ लाख ५० हजारभन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेको बैंकको ६३ वटा शाखारहित बैंकिङ सुविधाका साथै तीन सय भन्दा बढी भिसा तथा एनपिएन सदस्य रहेको बैंकद्वारा जारी विज्ञप्तिमा छ ।
बैंकले आव २०७३÷७४ मा ५ अर्ब २४ करोडको सञ्चालन मुनाफा (सम्भावित नोक्सानी व्यवस्था अगाडिको) कमाएको विज्ञप्तिमा उल्लेख छ ।बैंकका अनुसार खुद नाफा ३ अर्ब ११ करोड रहेकोे छ । साथै सो आर्थिक वर्षको अन्त्यमा बैंकको चुक्ता पूँजी  १० अर्ब ६२ करोड रुपैयाँ भन्दा बढी रहेको विज्ञप्तिमा छ ।

 

प्रकाशित: १५ फाल्गुन २०७४ ०२:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App