५ वैशाख २०८१ बुधबार
समाज

एकै दिन दुई महिला र एक पुरुष मृत फेला

खोटाङ– खोटाङमा एकै दिन दुई महिला र एक पुरुष मृत फेला परेका छन् । रूपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाकी ५० वर्षीय तीर्थकुमारी राई, बराहपोखरी गाउँपालिका–१ बराहपोखरी च्यानडाँडाका ३४ वर्षीय देवीबहादुर राउत र खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी २८ वर्षीय रिना राई सोमबार मृत फेला परेका हुन्।

उनीहरू फरकफरक स्थानमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताए ।तीर्थकुमारी घरबाट २५ मिटर दक्षिणमा रहेको बडहरेको रुखमा, देवीबहादुर घरनजिकैको जंगलमा चिलाउनेको रुखमा तथा रिना घरकै सुत्ने कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । तीर्थकुमारीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल, देवीबहादुर र रिनाको शव पोस्टर्माटमका लागि उदयपुरको गाईघाट पठाइएको प्रहरीले जनाएको छ । तीनवटै घटनाका विषयमा अनुसन्धान भइरहेको डिएसपी थापाले बताए ।

प्रकाशित: १५ फाल्गुन २०७४ ०१:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App