coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

उच्च तहको भ्रमण छिट्टै : रे

काठमाडौं- नेपालका लागि भारतीय राजदूत रन्जित रेले छिट्टै नेपाल र भारतबीच द्विपक्षीय उच्च तहको भ्रमण हुने बताएका छन्। रिपोर्टर्स क्लब नेपालले बुधबार गरेको साक्षात्कारमा रेले भने, 'द्विपक्षीय उच्च भ्रमण तय गर्नका लागि पनि नेपालका उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि भोलि दिल्ली जाँदै हुनुहुन्छ।'

उनले मन्त्री निधिको भारत भ्रमण भारतका राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण तथा नेपालका राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण तय गर्नेमा केन्द्रित रहने स्पष्ट पारे। वैशाखमा राष्ट्रपति भण्डारीको भ्रमणका मिति तय भए पनि अन्तिम समयमा रोकिएको थियो।

द्विपक्षीय उच्च भ्रमण हुन आवश्यक रहेको दाबी गर्दै उनले भने, 'नेपाल–भारतबीच द्विपक्षीय उच्च भ्रमण हुन जरुरी छ, यस्ता भ्रमण र अन्तरक्रियाले सम्बन्ध सुमधुर बनाउँछ।'

प्रकाशित: २ भाद्र २०७३ ०२:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App