८ वैशाख २०८१ शनिबार
समाज

फार्मेसी निर्देशक घुस लिंदै गर्दा पक्राउ

बाँके- नेपालगन्जको एक रेष्टुरेन्टबाट घुस लिदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय कोहलपुरले औषधि ब्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जका एक कर्मचारीलाई प्रक्राउ गरेको छ।

सोमबार राती रेष्टुरेन्टमा बेलाएर घुस लिदै गरेको अवस्थामा औषधी ब्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जका फार्मेसी निरीक्षक पुष्प राना क्षेत्रीलाई आयोगको टोलीले पक्राउ गरेको हो। क्षेत्रीबाट २८ हजार नगद रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ।औषधि ब्यवस्था विभागका फार्मेसी निरीक्षकले मेडिकलको अनुगमन, निरीक्षण, कारवाही सिफारिस गर्ने लगायतको जिम्मेवारी पाएको हुन्छ । मेडिकल संचालकसँग घुस मागेको भन्ने उजुरीको आधारमा औषधी ब्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जका निरिक्षकलाई आयोगले अनुसन्धान गरिरहेको थियो।नेपालगन्जको औद्योगिक क्षेत्र नजिकैको चिकेन–६५ होटलमा नगद रुपैया लिदै गरेको अवस्थामा अख्तियार टोलीले क्षेत्रीलाई नियन्त्रणमा लिएको थियो।

पक्राउ परेका क्षेत्रीले भने आफुलाई ब्यक्तिगत रिसिबीका आधारमा फसाउन खोजिएको बताएका छन्। घटनास्थलमा मुचुल्का उठाउँदै गर्दा क्षेत्रीले आफनै गाउँका भाई पर्ने ब्यक्तिले गाउँबाट ल्याएको नासो लिनको लागी होटलमा बोलाएको बताए ।तर आयोग टोलीका अनुसार क्षेत्रीले मेडिकलसँग अबैध रुपमा रकम माग्ने गरेको भन्ने उजुरीको आधारमा अनुसन्धान गरेको बताएको छ । अहिले क्षेत्री थप अनुसन्धानका लागी अख्तियारको नियन्त्रणमा छन्।

 

 

प्रकाशित: १४ फाल्गुन २०७४ १४:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App