८ वैशाख २०८१ शनिबार
राजनीति

राजीनामा फिर्ता लिने मुडमा सांसद शाही

सुर्खेत – सरकार गठनमा असन्तुष्टि जनाउँदै राजीनामा घोषणा गरेका एमालेका कर्णाली प्रदेश सांसद चन्द्रबहादुर शाही राजीनामा फिर्ता लिने मुडमा पुगेका छन्।

हाल काठमाडौं रहेका शाहीले पार्टीले ‘आइन्दा गल्ती नगर्ने’ प्रतिबद्धतासहित आत्मालोचना गरे आपूm राजीनामा फिर्ता लिन तयार रहेको बताए। ‘म अब छलफलको लागि पार्टी केन्द्रीय कार्यालयतर्पm जाँदैछु,’ सोमबार दिउँसो उनले भने, ‘पार्टीले कि राजीनामा स्वीकृत गर्नुप-यो, कि त गल्ती स्वीकारेर आत्मालोचना गर्नुप-यो।’

शाहीले सरकारमा भूगोल र समावेशिताको असन्तुलन भएको भन्दै एक साताअघि राजीनामा घोषणा गरेका थिए। शाहीले एमालेले मुगुलाई पुरस्कृत गर्नुपर्नेमा उल्टै सजायको डण्डा बजारेको बताए। ‘सरकार बनाउँदा पार्टी केन्द्र र प्रदेशले भूगोलको मर्म बुझेन, त्यसैले मैले दुबै कमिटीमा राजीनामा बुझाएको छु,’ उनले भने, ‘कि त पार्टीले मेरो राजीनामा स्विकृत गर्नुप-यो, कि अब गल्ति नगर्ने प्रतिवद्धतासहित आत्मालोचना गर्नुप-यो।’ पार्टीको तर्पmबाट टिकट पाई सांसद भएकोले राजीनामा पनि संसदमा नदिई पार्टीमा बुझाएको उनले बताए।

प्रकाशित: १४ फाल्गुन २०७४ १२:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App