coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

यसरी सुधारौं नेपालको भलिबललाई

भलिबलका अन्तर्राष्ट्रिय रेफ्री पूर्ण चौलागाई । तस्बिर : नागरिक

काठमाडौं – ३४ वर्षपछि मैत्रीपूर्ण खेल खेल्न हङकङ पुगेको नेपाली राष्ट्रिय भलिबल टोलीको प्रर्दशनले निकै चर्चा पायो। चाँहे त्यो हङकङलाई पराजय गर्दाको होस् वा मकाउसँगको खेलमा नेपाल एकोहोरो हाबी भएको प्रसंग। यी सबै कारण नेपाली भलिबल टोलीको स्वदेश तथा विदेशमा निकै प्रशंसा भइरहेको छ।   

तर यी खेलहरु खेलाडीहरुको प्रदर्शन हेरेर रमाउने मात्र भन्दा सोही अनुसार सुधारको खाँचो छ। स्वयंम हङकङको भलिबलबाट पनि नेपाली टिमले सिक्नुपर्ने धेरै कुराहरु रहेको सरोकारवालाहरुले बताउँदै आएका छन्। नेपाली टोलीबाट उक्त खेलमा सहभागी अन्तर्राष्ट्रिय रेफ्री पूर्ण चौलागाईको विश्लेषण पनि यस्तै छ। नेपालको तुलनामा केही बलियो मानिएको हङकङसँग नेपालले जित्यो भनेर जितको उत्साहमा रमाउने मात्र भन्दा पनि नेपाली टोलीमा हङकङको खेलको राम्रो पाटाहरु अनेकन रहेकाले त्यसको अनुशरण गर्नु आवश्यक रहेको चैलागाईको सुझाव छ।  हङकङमा भएको हरेक खेलमा नेपाली टोलीले सानदार प्रस्तुति गरेपनि नेपाली भलिबल क्षेत्रमा अझै प्रशस्तै सुधारको खाँचो देख्छन् उनी। 

हङकङको तुलनामा नेपालको भलिबललाई व्यवसायीक बनाउन आवश्यक छ। जसका लागि सबैभन्दा पहिला त नेपाली खेलाडीदेखि यससँग सम्बन्धित सबैले अंग्रेजी भाषा राम्रो बनाउन आवश्यक  छ। जसले हरेक कुरामा खेलाडी, रेफ्री सबैलाई सहज बनाउने चौलागाईको निष्कर्ष छ। त्यस्तै नेपाली खेलाडीमा खेलको सबै नियम र रेफ्रीको संकेतिक भाषामा दख्खलको अभाव खड्किने गरेको छ। 

हङकङको तुलनामा नेपालको डिफेन्स कमजोर रहेको खेलको क्रममा प्रशस्त देखिएको थियो। रेफ्री चौलागाई पनि हङकङका खेलाडीको डिफेन्सलाई नेपाली खेलाडीले अनुशरण गर्न अत्यावश्यक ठान्छन्। हुनत आवश्यक पूर्वाधार निर्माण, स्तरीय प्रशिक्षक र खेलाडीको स्वास्थ्य र पोषणमा सरकार र अन्य सम्बन्धित निकायले खासै चासो नदेखाएपनि खेलाडीहरुको प्रदर्शन निकै सुधारोन्मुख  छ। त्यसकारण यी कुरामा विशेषध्यान दिने हो भने केही वर्षभित्रै हामी एसियाको पहिलो नम्बरमा पुग्न सम्भावना बलियो छ।

प्रकाशित: १४ फाल्गुन २०७४ ११:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App