धनगढी – जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका टीकापुर घटनाका फरार अभियुक्त एवं कैलाली १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेशम चौधरीको बयान लिइएको छ। बयान सकिएसंगै थुनछेक बहस शुरु हुँदैछ।
जिल्ला अदालतका न्यायाधीश पर्शुराम भट्टराईको इजलासमा सरकारी वकिलहरुले बयान लिएका थिए। चौधरीको पक्षमा अधिवक्ता गंगाराम पाध्याय, गजेन्द्र केसी र मिलन राईले बहस गर्ने छन्। बहसपछि अदालतले सामान्य तारिख, धरौटीमा रिहा गर्ने वा थुनामा राख्न आदेश दिनसक्ने छ।
थरुहट आन्दोलनका क्रममा टीकापुरमा प्रहरीसहित ८ जनाको हत्या भएको घटनाका मुख्य अभियुक्त ठानिएका रेशमलाल चौधरीले आज बिहान सवा ११ बजे जिल्ला जिल्ला अदालत कैलालीमा आत्मसर्मपण गरेका हुन्।
अहिले अदालत बाहिरको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ। सुरक्षाका लागि नेपाल प्रहरीको टोली खटाइएको छ। प्रहरी उपरीक्षक विनोद शर्मा घिमिरे आफै अदालत पुगेका थिए।
प्रकाशित: १४ फाल्गुन २०७४ ०९:३४ सोमबार