८ वैशाख २०८१ शनिबार
राजनीति

संसद्मा पाँच दललाई मात्र सेवा सुविधा

काठमाडौं – प्रतिनिधिसभा निर्वाचनमा पाँच राजनीतिक दलले राष्ट्रिय मान्यता प्राप्त गरेपछि संघीय संसद् सचिवालयले पाँच दलको संसदीय दलको कार्यालय स्थापना गरेको छ। 

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण नभइसकेको कारण दुबैको छुट्टाछुट्टै संसदीय दलको कार्यालय तयार गरिएको छ । बाँकी तीन पार्टी नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरमको संसदीय दलको कार्यालय स्थापना भएका छन् । संसदीय दलको कार्यालयमा केही कर्मचारी पुगिसकेका र केही बाँकी नै रहेको संसदीय दल समन्वय शाखाका उपसचिव इन्द्रविलास पौडेलले जानकारी दिए।  

राष्ट्रिय मान्यता प्राप्त गर्ने दलको संसदीय दलको कार्यालय स्थापना गर्ने र उनीहरूलाई सवारीसाधन उपलब्ध गराउने कार्य संघीय संसद् सचिवालयले गर्नेछ ।  
विपक्षी दलका नेता तथा प्रमुख दलका प्रमुख सचेतक र सचेतकले एक÷एक सवारीसाधान पाउनेछन् ।  राजपा र फोरमले १७ र १६ सिट प्राप्त गरेकाले उनीहरूलाई एकजना सचेतक मात्र राख्न पाउने हुँदा एक÷एकवटा मात्र सवारीसाधान उपलब्ध गराउने तयारी छ।  

राष्ट्रिय मान्यता प्राप्त नगरेका अन्य पाँच दललका सांसद भने प्रतिनिधिसभामा स्वतन्त्र सांसदको भूमिकामा रहनेछन् । उनीहरूलाई फर्निचर, कम्प्युटर र टेलिफोन दुईवटालाई एउटा कोठाका दरले उपलब्ध गराइने छ।  

संघीय संसद्मा प्रतिनिधित्व गर्ने दलको संख्या राजनीतिक दल सम्बन्धी ऐन २०७३को दफा ५२ ले राष्ट्रिय दलको मान्यता प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलका रूपमा मान्यता प्राप्त गर्नेछ,’ भन्ने उल्लेख गरेको छ । सोही कारण पाँच दलले राष्ट्रिय मान्यता प्राप्त गर्न नसकेका हुन्। 

प्रतिनिधिसभा र राष्ट्रियसभाका दलको कार्यालय एउटै हुने भए पनि संसद सचिवालयको विधेयक शाखा र कार्यव्यवस्था शाखा राष्ट्रियसभा र प्रतिनिधिसभामा फरकफरक हुनेछन्। 

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एमालेले ८० र समानुपातिकतर्फ ४१ गरी १ सय २१, माओवादी केन्द्र ३६ र १७ गरी ५३, कांग्रेस प्रत्यक्षतर्फ २३ र समानुपातिकतर्फ ४० गरी जम्मा ६३, संघीय समाजवादी फोरम नेपाल प्रत्यक्षतर्फ १० र समानुपातिकतर्फ १६ सिट प्राप्त गरेका छन् । राष्ट्रिय जनतापार्टीले प्रत्यक्षतर्फ ११ र समानुपातिकतर्फ ६ गरी १६ सिट प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, नयाँ शक्ति, राष्ट्रिय जनमोर्चा, स्वतन्त्रले १ सिटका दरले ५ सिट प्राप्त गरेकाले प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० हुन आउँछ। 

राष्ट्रियसभातर्फ एमालेको २७, कांग्रेसको १३, माओवादी केन्द्रको १२, राष्ट्रिय जनता पार्टीको २, संघीय समाजवादी फोरमको २ गरी ५६ जना हुन आउँछ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट तीनजना मनोनित भएका छन्। 

प्रकाशित: १४ फाल्गुन २०७४ ०४:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App