१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

प्रेस काउन्सिलका नाममा अन्तरिम आदेश

काठमाडौं– सर्वोच्च अदालतले कान्तिपुर दैनिकविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा प्रेस काउन्सिललाई छानबिन गर्न अन्तरिम आदेश दिएको छ। 

प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले बिहीबार कारण देखाऊ आदेश जारी गरेको थियो । तर, आइतबार प्रकाशित लिखित आदेशमा जनमानसमा भ्रम पैदा गर्ने समाचार प्रकाशन हुन नदिनु भन्दै काउन्सिलका नाममा समेत आदेश गरेको हो। 

‘कान्तिपुर दैनिकमा विभिन्न मितिमा प्रकाशित सम्पादकीय समाचार, टिप्पणीसमेतका सामग्री हेर्दा प्रधानन्यायाधीशका ४ वटा जन्ममिति लगायतका लेख, टिप्पणी प्रकाशित भएको देखिन्छ,’ आदेशमा भनिएको छ, ‘सामग्री हेदा अदालतप्रति अनास्था पैदा गरी अदालत र यसमा कार्यरत न्यायाधीशका बारेमा अनुचित भ्रम सिर्जना गरी न्यायपालिकालाई कमजोर बनाउने पुष्टि हुन्छ ।’
अदालतको अवहेना मुद्दामा प्रेस काउन्सिलले छानबिन गर्नुपर्ने भन्दै काउन्सिल ऐनले दिएका अधिकारको तत्काल कार्यान्वयन गर्नु भनी अन्तरिम आदेश जारी गरिएको छ। 

प्रधानन्यायधीश पराजुलीका शैक्षिक तथा नागरिकता प्रमाणपत्र विषयलाई लिएर कान्तिपुरमा प्रकाशित भएको समाचारको विषयलाई लिएर अधिवक्ता तोयनाथ ढुंगानाले मंगलबार अदालतको अवहेलना गरेको भन्दै निवेदन दर्ता गरेका थिए। 

रिट निवेदक ढुंगानाले कान्तिपुर पब्लिकेशनले विभिन्न मितिमा विभिन्न खालका समाचारमार्फत अदालतको अवहेलना गरेको, न्यायपालिकाविरुद्ध अनावश्यक प्रचार गरेर मानसम्मान गिराउने काम गरेको भन्दै सजायको माग गरेका थिए। 

प्रकाशित: १४ फाल्गुन २०७४ ०३:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App