coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

फरार अपहरणकारी चार वर्षपछि पक्राउ

काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अपहरण मुद्दामा अदालतबाट सजाय पाएर चार वर्षदेखि फरार अपराधीलाई शनिबार पक्राउ गरेको छ।

पुनरावेदन अदालत पाटनको २०७० वैशाख ३१ को फैसलाबाट ९ वर्ष कैद र ५० हजार जरिवाना ठहर भएका सिन्धुपाल्चोक, ठुलो धादिङका सुनिल तामाङ पक्राउ परेका हुन् । तामाङलाई सिआइबीले सिन्धुपाल्चोक, ठुलो धादिङबाटै पक्राउ गरेको हो।

तामाङलाई आवश्यक कारबाहीका लागि कारागार कार्यालय जगन्नाथदेवल लगिएको छ । तामाङले ०६७ मा शिवबहादुर खड्कालाई अपहरण गरी बन्धक बनाएका थिए । उनलाई प्रहरीको सहयोगमा अपहरणमुक्त गरिएको थियो। 

यसैबीच महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सुनसरी रामधुनी नगरपालिका–६ घर भएका ३७ वर्षीय प्रेमबहादुर राईलाई लागूऔषध डाइजेपाम ६८ एम्पुल, नुर्फिन ६४ एम्पुल र फेनारगन ६५ एम्पुलसहित शनिबार पक्राउ गरेको छ ।
बिक्री गर्न बोकी हिँडिरहेको अवस्थामा काठमाडौं सुन्धाराबाट प्रहरीले उनलाई लागूऔषधसहित पक्राउ गरेको हो । यससम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: १४ फाल्गुन २०७४ ०३:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App