५ वैशाख २०८१ बुधबार
राजनीति

लालबाबु एक्सनमा : सोल्टी होटलदेखि ४ वटा अस्पताललाई कारबाही

काठमाडौं – जनसंख्या तथा वातावरण मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकन (इआइए) नगरी संरचना निर्माण गरेका र कानूनको पालना नगरी सञ्चालन भएका विभिन्न ११ संस्थालाई कारबाही गरेको छ। 

वातावरणसम्बन्धी ऐन नियमको पालना नगर्ने तथा आवश्यक मापदण्ड पूरा नगरी निर्माण गरिएका वा सञ्चालन भएका होटल, अस्पताल र उद्योगलाई कारबाही तथा जरिवाना गरिएको जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले जानकारी दिए। त्यस्ता संस्थालाई रु ५० हजारदेखि रु एक लाखसम्म जरिवाना गरिएको उनले बताए। 

मन्त्रालयले आइतबार काठमाडौँको कलंकीस्थित नेपाल नेशनल हस्पिटल, महाराजगञ्जको अन्तर्राष्ट्रिय मैत्रीबाल अस्पताल, भृकुटीमण्डपको काठमाडौँ मोडेल हस्पिटल र त्रिपुरेश्वरको काठमाडौँ अस्पताललाई प्रारम्भिक वातावरणीय परीक्षण (आइइइ) आवश्यक मापदण्ड नगरी सञ्चालन गरिएको निर्णय गर्दै कारबाहीका लागि स्वास्थ्य मन्त्रालयलाई सिफारिश गरेको छ। 

त्यस्तै काठमाडौँकै सोल्टी सिटी अपार्टमेन्ट, सिटी होटल लिमिटेड, काठमाडौँ गेष्ट हाउस र द्वारिकाज होटल तथा काठमाडौँ दुग्ध वितरण आयोजना, कमला रोलिङ प्रालि र अरनिको आबुखैरेनी सिमेन्ट उद्योगलाई इआइए पालनामा आवश्यक मापदण्ड पूरा नगरेको भन्दै जरिवाना गरिएको मन्त्रालयका प्रवक्ता लक्ष्मी बस्नेतले जानकारी दिए। रासस

प्रकाशित: १३ फाल्गुन २०७४ १६:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App