coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बक्राहा खोला गाउँ पस्दा दुईसय घर डुबानमा

उर्लाबारी (मोरङ)-मोरङको मधुमल्लामा आज बिहान स्थानीय नुनसरी बक्राहा खोला बाँध फुटेर गाउँ पस्दा पाँच वटा वडाका २०० भन्दा बढी घर डुबानमा परेका छन् ।

 

      गएरातिदेखि नै भएको भिषण वर्षाका कारण बक्राहा खोला फुटेर गाउँ पस्दा मधुमल्लाको ४, ५, ६, ७ र ८ नम्बर वडाका २००  बढी घर डुबानमा परेका हुन् । मधुमल्लाको ४ र ५ नम्बरको दुई ठाउँबाट गरी तीन ठाउँबाट खोला गाउँमा पसेको स्थानीय सन्तोष गौतमले जानकारी दिए।

 

      बाढीका कारण अलपत्र परेका मधुमल्ला–५ की भूमिका कार्की, श्रीबहादुर कार्की र मुना खड्कालाई प्रहरीले उद्धार गरेर सुरक्षित स्थानमा पुर्याइएको छ । बाढीमा परेका स्थानीयलाई इलाका प्रहरी कार्यालय उर्लाबारी र मधुमल्लाको टोलीले उद्धार गरेर आफन्त, छिमेकी र स्थानीय विद्यालयमा सुरक्षित स्थानमा राखेको छ ।

 

      खोला गाउँ पसेपछि त्रसित स्थानीय बासिन्दाबीच भागदौडसमेत मच्चिएको थियो । बक्राहा खोलामा बलियो तटबन्ध नहुँदा यस वर्ष पनि खोला आसपासका गाउँ बाढीको उच्च जोखिममा परेका हुन् ।

 

      बर्सेनि बक्राहा खोला बाँध फुटाएर गाउँमा पस्दा स्थानीयले जनधनको क्षति बेहोर्दै आएका छन् । सोही ठाउँमा गत वर्ष पनि बाँध फुटाएर खोला गाउँपस्दा चार वर्षका शिशिर थापाको ज्यान गएको थियो भने मधुमल्ला वडा नं ४, ५, ६ र ८ का सयौँ घर डुबानमा परेका थिए । रासस

प्रकाशित: ७ असार २०७३ ०६:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App