coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

रेखा, माधुरी र हेमाभन्दा सधै अगाडि श्रीदेवी

मुम्बई – चर्चित नायिका श्रीदेवीको निधनले यतिबेला बलिउड शोकमा छ। उनको निधनसँगै भारतीय चलचित्रमा एक युगको अन्त्य भएको बताइएको छ। 

चार दशकदेखि दर्शकको मनमा राज गर्न सफल श्रीदेवीले आफूद्वारा अभिनित सबै चलचित्रमा उत्कृष्ट अभिनय प्रदर्शन गरेकी छन्। त्यही कला र क्षमताका कारण उनले माधुरी दीक्षित, रेखा र हेमा मालिनी जस्ता नायिकाले पनि गर्न नसकेको काम गर्न सफल भएकी थिइन्। 

आफ्नो समयमा चर्चित माधुरी, रेखा र हेमा पछिल्लो समय कम ब्याक गर्दा  पहिलेको जस्तो सफल हुन सकेनन। तर श्रीदेवीको हकमा भने त्यो लागु भएन। लामो समयपछि ‘इङ्लिस–बिङ्लिस’ फिल्मबाट उनले शानदार कमब्याक गरिन। ‘इङ्लिस–बिङ्लिस’बाट श्रीदेबीको पूरानो समयको जस्तै चार्म देखियो। निरन्तर दर्शकको मनमा बस्न सफल भइरहिन। 

पछिल्लो समय उनले ‘माँम’ फिल्ममा अभिनय गरिन्। जुन फिल्मबाट उनले अभिनयको दायरा नै फराकिलो बनाइदिइन्। वास्तविक जीवनमा ग्ल्यामर देखिने श्रीदेबीले यस चलचित्रमा आमाको भूमिका निर्वाह गर्दै कमालको अभिनय गरिन र दर्शकको मनमा राज गरिन्। 

आफ्नो समयका टप नायिकाको सूचिमा रहेका माधुरी दीक्षित, हेमा मालिनी र रेखा जस्ता नायिकाको अगाडि चार्म फर्काउन सफल भएको श्रेय पनि उनलाई जान्छ। पछिल्लो समय माधुरीलाई लिड रोल नमिलेको होइन तर उनले बक्स अफिसमा आफ्नो अभिनयको जादु देखाउन सकिनन्।

रोमान्स, थ्रिलर होस या कमेडी श्रीदेवी सबै भूमिकामा जादुमय अभिनय गर्थिन्। ‘सदमा’ जस्तो फिल्ममा उनको प्रस्तुतीले बेष्ट नायिकाको पहिचान नै बनाइदियो। समय रफ्तारमा उनको लिकलाई कसैले तोड्न सकेनन्। 

श्रीदेवी १३ वर्षको उमेरमा तमिल फिल्म ‘मूंडरू मुदिछु’ बाट फिल्मी क्षेत्रमा नायिकाको रुपमा प्रवेश गरेकी थिइन्। नायिकको रूपमा देखिएको उनको यो पहिलो फिल्म हो। यसै फिल्ममा उनले पहिलो पटक कमल हासन र रजनीकान्तसँग काम गरेकी थिइन्। 

३ सय भन्दा बढी चलचित्रमा अभिनय गरेकी श्रीदेवीले उत्कृष्ट अभिनय गरेकी छन्। यी यस्ता उत्कृष्ट कार्य गर्दै श्रीदेवीले रेखा, माधुरी र हेमाका अगाडि स्थापित भएर देखाएकी थिइन्।

प्रकाशित: १३ फाल्गुन २०७४ १४:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App