दाहाललाई ५५ किलोको माला, अब वाम गठबन्धन नरहने घोषणा

आइतबार, १३ फागुन २०७४, १९ : २० मदन ठाकुर

रौतहट – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले अब बाम गठबन्धन नरहने बताएका छन्। एमाले र माओवादी केन्द्र मिलेर बनेको वाम गठबन्धनले आम निर्वाचनमा करिब दुई तिहाई बहुमत ल्याइसकेको र पार्टी एकीकरणको अन्तिम चरणमा रहेको बताउँदै नेता दाहालले एउटै कम्युनिष्ट पार्टी बनिसकेकोले वाम गठबन्धन नरहने बताएका छन्।

रौतहटको जंगलसैयामा कटहरिया–जंंगलसैया–धनसर सडक खण्डको उद्घाटन गरेपछि जंगलसैयामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले २०१९ सालदेखि नेपालमा कम्युनिष्ट पार्टीमा फुटबादको रोग सुरु भएकोले कम्युनिष्टहरु क्षतविक्षत अवस्थामा रहँदै आएकोमा अब एउटै बलियो कम्युनिष्ट पार्टीको निर्माण गरी देशलाई शान्ति तथा समृद्धिको बाटोमा लैजाने बताएका छन्।

देशमा राजनीतिक लडाईँको युग समाप्त भइसकेको बताउँदै उनले अबको लक्ष्य भनेको विकास, सुशासन र समृद्धि रहेको बताएका छन्। त्यसक्रममा दाहालले धनसर–जंगलसैया १४ किलोमिटर लामो सडकको शुभारम्भ गरेका छन्। 

पूर्वमन्त्री प्रभु साहको सक्रियतामा जिल्ला वन कार्यालय, जिल्ला प्राविधिक कार्यालय, कटहरिया नगरपालिका तथा स्थानीयबासीको सहयोगमा प्रदेश सभा सदस्यद्वय नागेन्द्र यादव र कुन्दन कुशवाहाको विशेष पहलमा डेढ महिनाको अवधिका बिना कुनै बजेट १४ किलोमिटर सडक निर्माण भएर सुचारु हुनुलाई नेता दाहालले चमत्कारको संज्ञा दिँदै तीव्र विकासको अवधारणालाई अगाडि सारेका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले रौतहटको क्षेत्र नम्बर ३ लाई सडक पूर्वाधार, उद्योग, पर्यटन र भारतसित सम्पर्क गराउन आफू लागी परेको बताएका छन्। सर्वधारण नागरिकको सहयोग भएमा जस्तो सुकै कठिन काम पनि गर्न सकिने उदाहरण प्रस्तुत गर्दै साँसद साहले वाम गठबन्धनले देशमा विकासको चाहनालाई पूरा गर्ने बताएका छन्।

कार्यक्रममा स्थानीयबासीले दाहाललाई ५५ किलोको फूलको माला लगाएका छन्।
यसअघि दाहालले महेन्द्र राजमार्गसित जोड्ने धनसर–जंगलसैया–कटहरिया सडक खण्डको धनसरमा शुभारम्भ गरेका थिए।






यसमा तपाईको मत

अन्य समाचार

बजाज डोमिनार ४०० बाइक रिभिउ (भिडियो)

बजाज डोमिनार ४०० बाइक रिभिउ (भिडियो)

बजाजको डोमिनार ४०० हन्ड्रेड बाइक। ...

बुद्धले राजविराज उडान भर्ने

बुद्धले राजविराज उडान भर्ने

बुद्ध एयरले प्रदेश नम्बर २ को राजविराजमा उडान भर्ने भएको छ । ...

सेञ्चुरी बैंकको सहयोग

सेञ्चुरी बैंकको सहयोग

सेञ्चुरी कमर्सियल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माधवनारायण स्वस्थानी ब्रत तथा शालिनदी सुधार समितिलाई सहयोग गरेको छ । ...

रिमझिम चोकमा देवः विकास बैंक

रिमझिम चोकमा देवः विकास बैंक

देवः विकास बैंकले बाँकेको खजुरा गाउँपालिका रिमझिम बजारमा शाखा विस्तार गरेको छ । ...

मुक्तिनाथ र रेमिट टू नेपालबीच सहकार्य

मुक्तिनाथ र रेमिट टू नेपालबीच सहकार्य

मुक्तिनाथ विकास बैंक र रेमिट टू नेपालबीच सम्झौता भएको छ । ...

सनराइज–सिर्जना सहमति

सनराइज–सिर्जना सहमति

सनराइज बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने सैद्धान्तिक सहमतिमा हस्ताक्षर भएको छ । ...

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ

युनाइटेड इन्स्योरेन्स कम्पनीको सञ्चालक समिति अध्यक्षमा वरिष्ठ उद्यमी रविभक्त श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । उनी हाल यस कम्पनीको संस्थापक...

सिदार्थ बैंकको सहयोगमा आँखा शिविर

सिदार्थ बैंकको सहयोगमा आँखा शिविर

सिदार्थ बैंकले नेपाल आँखा अस्पतालसँग सहकार्य गर्दै संयुक्त रुपमा ६ दिने निःशुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न गरेको छ । ...

Ncell Footer Ad