coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

पर्सामा प्रहरीले चरेश कारखाना फेला पार्‍यो

 वीरगन्ज- पर्सामा गोप्यरुपमा चलाइएको चरेश उद्योग प्रहरीले फेला पारेको छ। सो स्थानबाट १ जनालाई प्रहरीले पक्राउ गरेको छ भने चरेश बनाउन प्रयोग हुने सामान समेत बरामद गरेको छ। कारखानामा चरेश पेल्न प्रयोग गरिएको र राखिएको पाँचवटा मेशिनसहित ४५ किलो चरेश प्रहरीले वरामद गरेको छ।

                प्रहरीका अनुसार पटेर्वा सुगौली गाबिसमा पर्ने आँकवा गाउँ नजिकै निचुटा, देउरवाना र पटेर्वाकोबीचमा पर्ने घाघी खोलाको बाँधको किनारमा फुसका छाप्रोमा चरेश कारखाना चलाइएको थियो। त्यसका संचालनकर्ताहरुको प्रभावले गाउँलेले समेत प्रहरीलाई यसको जानकारी नगराउँदा प्रहीले एउटा गोप्य ‘अप्रेसन’ चलाएर निकै प्रयासपछि चरेश बनाउने कारखाना सहित एक जना मान्छे रंगेहात फेला पारेको हो। सडकबाट नजोडिएको नदीको बाँधछेउ खेतहरुकोबीचमा कठिन ठाउँमा संचालित चरेश उद्योग फेला परेको पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले बताए । पटेर्वा सुगौली –१ आँकवा बस्ने ५० वर्षिय रामचन्द्र पासवानलाई प्रहीले पक्राउ गरेको हो।

‘खोलाको नजिक रहेको खरको छाप्रोबाट तयारी धुलो चरेश २५ किलो, साना आकारको डल्ला पारेर राखेको २० किलो चरेश, चरेश पेल्ने मेशीन ५ वटा र ना ३७ प ६७०५ नम्बरको एफजेड मोटरसाइकल लगायतका सामान फेलापरेको हो,’ प्रहरी उपरीक्षक श्रेष्ठले भने, ‘चरेश उधोग संचालन गर्नेमा ककसको संलग्नता रहेको छ भन्ने बिषयमा अहिले खोजी हुँदैछ, नखुलेका कुरा धेरै छन्।’

प्रहरीले घटनास्थलबाट चरेशको पोका बनाउनका लागि प्रयोग हुने प्लाष्टीक, कैची, टेप, मार्कर, औजार लगायतका समाग्रीहरु पनि बरामद गरेको छ।

प्रकाशित: १ भाद्र २०७३ १३:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App