coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

होलीमा प्रहरीको विशेष अभियान

काठमाडौं – महानगरीय प्रहरी परिसर काठमाडौंले होली पर्वका बेला हुनसक्ने अपराधिक गतिविधि रोक्न विशेष अभियान चलाउने भएको छ। 

होलीका बेला शान्ति र सुरक्षा कामय गर्नका लागि सुरक्षा समितिबाट निर्णय गरी अभियान सुरु गर्न लागेको काठमाडौ प्रहरी प्रमख एसएसपी विश्वराज पोख्रेलले जानकारी दिए। अपराधिक गतिविधि रोक्नका लागि एक सय छ वटा प्रहरी टोली खटाइने पोख्रेलले जानकारी दिए। होलीका बेला २० वटा मोबाइल टोली र एक हजार पाँच सय प्रहरी खटाइने प्रहरीले जनाएको छ। ‘होलीका बेला कुनै अप्रिय घटना नहोउन भनेर विशेष अभियान सुरु गर्न लागेका छौं,’ एसएसपी पोखरेलले भने। 

होली लक्षित विशेष अभियानका बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा पोखरेलले प्रहरीका बारेमा जनताका गुनासा सुन्न सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिरहेको जानकारी दिए। प्रहरीमा रहेका कमीकमजोरी हटाउन र प्रहरी माथि जनताको विश्वास वृद्धि गर्न पहिलो चरणका कार्यक्रम अन्तर्गत सार्वजनिक सुनुवाई गरिरहेका पोखरेलले जानकारी दिए। ‘हालसम्म तीन ठाउँमा यस्तो कार्यक्रम आयोजना गरेका छौं, विभिन्न ४३ स्थानमा यस्तो कार्यक्रम गर्न लक्ष्य राखेका छौँ,’ पोखरेलले भने। सार्वजनिक सुनुवाई मार्फत नागरिकबाट प्रहरीका बारेमा व्यापक गुनासा आइरहेको र ती गुनासा सम्बोधन गर्नका लागि टोली पनि गठन गरेको पोखरेलले जानकारी दिए। 

अपराध नियन्त्रणका लागि प्रहरीले फरार अपराधीलाई कानुनको दायरामा ल्याउने प्रक्रियालाई पनि तिव्रता दिइने जनाएको छ। आर्थिक वर्ष ०४७/०७५ सम्म काठमाडौमा तीन सय ७२ जना फरार अपराधी रहेको र उनीहरुलाई पक्राउ गर्न काठमाडौ प्रहरी सक्रिय रुपमा लाग्ने प्रहरीको भनाई छ। अपराध नियन्त्रणका लागि प्रहरीसँग सूचना कम रहेको भन्दै एसएसपी पोखरेलले सूचना प्रणालीलाई मजबुत बनाउन झण्डै दुई सय युवाहरुलाई परिचालन गर्न लागेको जानकारी दिए। ‘सूचना प्रणालीलाई चुस्त बनाउन एउटा ठूलो समूहसँग सहकार्य गर्दैछौं, युवाहरु सम्मेलित उक्त समूहलाई परिचालन गरेपछि हाम्रो सूचना प्रणाली मजबुत हुनेछ,’ पोखरेलले भने। 

प्रकाशित: १३ फाल्गुन २०७४ १२:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App