coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पश्चिमी वायुको प्रभावले बदली र वर्षा

काठमाडौं – पश्चिमी वायुको प्रभावका कारण आइतबार देशभर बदली हुनाका साथै केही स्थानमा वर्षा हुने सम्भावना रहेको छ। शनिबार रातिदेखि प्रवेश गरेको उक्त वायुको प्रभावले बदली गराएको र उच्च पहाडी भेगका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यद्यपि मौसमी विवरण साँझ मात्र आउने भएकाले अहिले कुन क्षेत्रमा कति वर्षा भएको छ भन्ने यकिन विवरण आइसकेको छैन।

पश्चिमी वायुको प्रभाव देशका मध्य र पश्चिमी भेगमा आज रातिसम्म रहने र सोमबार बिहान पूर्वी भेगबाट बाहिरिने मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए। उनका अनुसार सोमबार अपराह्नदेखि मौसममा नियमितझैं सुधार आउनेछ। जाडो याम भएकाले सामान्य बदली हुने क्रम अझै केही दिन जारी रहनेछ। यसअघि यही फागुन १० गते साँझ काठमाडौँ उपत्यकासहित उच्च पहाडी भेगका केही स्थानमा हल्का वर्षा भएको थियो।

स्थानीय वायुको प्रभावका साथै पश्चिमी वायुको सामान्य असरले देशभरका पहाडी भेगमा बदली र एक दुई स्थानमा हल्का वर्षा गराएको थियो। महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको अधिकतम २४ र न्यूनतम तापक्रम ८.५ डिग्री सेल्सियस छ। सबैभन्दा बढी दिपायलको ३१.५ डिग्री सेल्सियस छ।  (रासस)

प्रकाशित: १३ फाल्गुन २०७४ १०:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App