८ वैशाख २०८१ शनिबार
समाज

छुट्टा छुट्टै दुर्घटनामा चारको मृत्यु

अछाम – अछामको रामारोसन गाउँपालिका वडा नम्बर ३ मुजा बगरमा आइतबार (आज) ट्र्याक्टर दुर्घटना हुँदा २ महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा रामारोसन गाउँपािलकाका कलशी साउथ र नरु भण्डारी हुन्। सिलाइकटाइका काममा जाँदा से १ त ३१४८ नम्बरको ट्र्याक्टर दुर्घटना हुदा अन्य २ जना घाइते भएकामा बयलपाटा अस्पतालमा उपचार गरिँदैछ।

त्यस्तै सप्तरीको उत्तरी पूर्वी भेगमा पर्ने फत्तेपुर–कञ्चनपुर सडक खण्डअन्तर्गत मलेठमा माइक्रोबसमा मोटरसाइकल ठोक्किँदा आज बिहान २ जनाको मृत्यु भएको छ।

फत्तेपुरबाट काठमाडौं जाँदै गरेको बा ४ ख ८२४ नं को हायस माइक्रोबसले कञ्चनरुप नगरपालिका–६ मलेठस्थित मोडमा घुमाउने क्रममा पछाडिबाट आइरहेको को ३१ प ३३५० नं को मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक उदायपुर बोल्का नगरपालिका तपेश्वरी बस्ने २५ वर्षीय राजेशकुमार साह र पछाडि सवार सुनसरी, इनरुवा नगरपालिका २ बस्ने २६ वर्षीय दिलीपकुमार साहको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

राजेशको विराटनगरस्थित न्यूरो अस्पतालमा र दिलीपको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा बाटामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। दुर्घटनामा परेका सवारी साधनलाई इप्रका कञ्चनपुरले नियन्त्रणमा लिएको छ।  (रासस)

प्रकाशित: १३ फाल्गुन २०७४ ०७:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App