७ वैशाख २०८१ शुक्रबार
समाज

भूकम्पप्रतिरोधी घरनिर्माणबारे जानकारी दिन मोबाइल एप्स सञ्चालनमा

काठमाडाैं-अमेरिकी राजदूतावास युवा परिषद्ले भूकम्पप्रतिरोधी घरनिर्माणबारे जानकारी दिन मोबाइल एप्स र वेभसाइट सञ्चालनमा ल्याएको छ ।

सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले मोबाइल एप्स इकन्ट्रक्सन र वेभसाइट इकन्ट्रक्सन डटकम डट ओराजीको बुधबार एक कार्यक्रमबीच शुभारम्भ गरे।

उनले समाज परिवर्तनको सवालमा सञ्चारका साधनले महत्वपूर्ण भूमिका खेल्नसक्ने भन्दै पुनःनिर्माणसम्बन्धी मोबाइल एप्स र वेभसाइटले सर्वसाधारणलाई पुनःनिर्माण र भूकम्पप्रतिरोधी घर बनाउन जानकारी दिने बताए।

सञ्चार प्रविधिको सवालमा खासै उत्साहित हुनसक्ने अवस्था नरहेको भन्दै उनले अब प्रविधिको क्षेत्रमा मोबाइल एप्स र वेभसाइटले महत्वपूर्ण भूमिका खेल्ने बताए।

घरमै बसेर मानिसले आफ्नो पुनःनिर्माणको काम गर्नसक्ने गरी तयार पारिएको मोबाइल एप्स र वेभसाइटले समाजको तल्लो तहका सर्वधारणमा सकारात्मक परिवर्तन ल्याउन विश्वास व्यक्त गरे।

कार्यक्रममा अमेरिकी दूतावासकी प्रवक्ता इनेकि स्टेनहोमले अमेरिकी दूतावासले समाज परिवर्तनको सवालमा विभिन्न काम गरिरहेको भन्दै आगामी दिनमा दूतावासले नेपाल सरकार र युवासँगको सहकार्यमा काम गर्ने जानकारी गराइन।

एप्स र वेभसाइटमा सर्वसाधारणलाई भूकम्प प्रतिरोधी घर निर्माण गर्दा ध्यान दिनुपर्ने कुराको जानकारीको बारेमा राखिएको परिषद्का सदस्य सरोज पौडेलले बताए ।

उनका अनुसार माटोको घर, ढुङ्गाको घर र आरसिसी घर निर्माण गर्दा कसरी भूकम्प प्रतिरोधि घर बन्न सक्छन् भन्ने कुरा मोबाइल एप्स र वेभसाइटमा राखिएको छ ।

यसैगरी मोबाइल एप्स र वेभसाइटमा क्यालकुलेटर पनि राखिएको छ । पौडेलका अनुसार उक्त क्यालकुलेटरमा आफूले बनाउन घरको लम्बाइ र चौडाई लेखेपछि घरमा चाइने इँट्टा, बालुवा सिमेन्ट र रडसमेत कति मात्रामा चाहिन्छ र त्यसको अनुमानित मूल्य (हालको बजार मूल्य अनुसार) देखाउने गर्दछ ।

उनले एप्स र वेभसाइटमा घर बनाउने इन्जिनियर, ठेकेदारका साथै पुनःनिर्माण र विपद् व्यवस्थापन बारेको जानकारी समेत राखिएको जानकारी गराउनुभयो । एप्स र वेभसाइट परिषद्ले निर्माण गरेको हो । रासस

प्रकाशित: १ भाद्र २०७३ १०:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App