coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

५ करोड ७१ लाखभन्दा बढी राजश्व संकलन

बाँके – बाकेको नेपालगञ्ज उपमहानगरपालिकाले आर्थिक वर्ष ०७४÷७५ को माघ मसान्तसम्म ५ करोड ७१ लाख ९५ हजार ६९६ राजश्व संकलन गरेको छ।

गत वर्ष यही अवधिमा ४ करोड ९८ लाख ३० हजार २१६ राजश्व संकलन गरेको थियो। यस अवधिमा गत वर्षभन्दा ७३ लाख ७५ हजार ४८० बढी राजश्व संकलन भएको छ। राजश्व शाखाका अनुसार माघ मसान्तसम्म नक्सापास दस्तुरबाट १ करोड २८ लाख ४७ हजार ३०३ राजश्व संकलन गरिएको छ।

गत वर्ष बनिसकेका घर प्रमाणित गर्नेको संख्या बढी भएका कारण सो अवधिमा बढी राजश्व उठेको उपमहानगरपालिकाका सिभिल इन्जिनियर सुरज शर्माको भनाइ छ। नगरका साबिकका १८ देखि २८ सम्मका वडालाई घर नक्सा प्रमाणितमा छुट दिइएको छ।

उपमहानगरपालिकाका अनुसार आर्थिक वर्ष ०७४ साउनदेखि माघ मसान्तसम्म नक्सा दर्ता ७१३, प्लिन्थ लेवल स्वीकृति २२८, सुपर स्ट्रक्चर इजाजत ३३१, नयाँ घर निर्माण २२६ र पुरानो घरको प्रमाणित २९५ वटा गरिएको छ। गत वर्ष १२ करोड राजश्व लक्ष्य रहेकामा चालु आर्थिक वर्षमा उपमहानगरपालिकाको १६ करोड राजश्व लक्ष्य रहेको राजश्व शाखा प्रमुख भूपति खत्रीले जानकारी दिए।

उपमहानगरपालिकाले शहरी योजना तथा भवन निर्माण मापदण्ड ०७४ मस्यौदा अन्तिम चरणमा पु¥याएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले बताए।  (रासस)

प्रकाशित: १३ फाल्गुन २०७४ ०७:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App