coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

रुस्लान म्युजिक फुड फेस्टिभल सम्पन्न

काठमाडौं – रिपब्लिका मिडियाको आयोजनामा ‘दोस्रो रुस्लान म्युजिक फुड फेस्टिभल’ राजधानीमा शनिवार सम्पन्न भएको छ। भृकुटीमण्डपमा आयोजना भएको कार्यक्रममा दर्शकले खानाको स्वादसँगै सांगीतिक माहोलको अनुभव पनि लिन पाए।

फेस्टिभललाई सांगीतिक बनाउन रोहित क्षेत्री एन्ड ब्यान्ड, नितेजजंग कुँवर, अल्बाट्रोस र जोयोभन भुजुले आफ्ना चलेका गीत सुनाएका थिए।

दिनको एक बजेदेखि साँझ ५ बजेसम्म भएको कार्यक्रममा दर्शकले विभिन्न परिवारका स्वाद लिएका थिए। बालबालिका लिएर आउने अभिभावकलाई लक्षित गर्दै आयोजकले बालबालिकाका लागि खेल्ने ठाउँसमेत बनाइदिएका थिए। उक्त ठाउँको प्रायोजन फन डे इभेन्टले गरेको थियो। फुडमाण्डुले प्रायोजन गरेको कार्यक्रममा बोता, हैदराबाद हाउस, चि चि ग्रिललगायतको स्टल राखिएको थियो। कार्यक्रममा फेस्टिबलको प्रायोजक रुस्लान भोड्काले पनि आफ्नो स्टल राखेको थियो।

फुड स्टलमा नेवारी परिकार, मःमः, अचारका परिकार, खाजा सेट, नेवारी स्विट चाकु, खुवासहित साकाहारी र मांशाहारी खानेकुराहरु राखिएको थियो। नेपाल रिपब्लिक मिडियाका रितिक शाहीले प्रत्येक वर्ष आयोजना हुँदै आएको फेस्टिभलले मनोरम वातावरणमा परिवारसँग रमाइलो गरी शनिबार बिताउने चाहनेका लागि राम्रो प्लेटफर्म दिएको बताए।

प्रकाशित: १३ फाल्गुन २०७४ ०६:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App