७ वैशाख २०८१ शुक्रबार
अर्थ

नेपालमा विस्तार हुँदै प्यारिवेयर

काठमाडौं – बाथरुम सामग्रीको बजारमा अग्रणी ब्रान्ड प्यारिवेयरले नेपालमा बजार सबलीकरण गरेको छ । नेपालमा आफ्नो ब्रान्ड उपस्थिति बढाउँदै उत्पादनलाई बजार केन्द्रित गरेको कम्पनीले जनाएको छ।

रोका ग्रुपले काठमाडौंमा प्यारिवेयरको एक्सक्लुसिभ सोरुम सुरु गरेको छ । हाउजिङ सेग्मेन्टमा ग्राहकको क्रयशक्तिलाई समेत ध्यान दिई प्यारिवेयरले पिटिटी इडब्लुसी सार्वजनिक गरेको छ । कम्पनीले यसका साथै बाथरुम प्रयोजनका लागि तीन थरी नल्की बजारमा ल्याएको छ।

रोका बाथरुम प्रडक्सन प्रालिका प्रबन्ध निर्देशक केई रंगनाथनले यस कम्पनीका साझेदार, आर्किटेक्ट, डिजाइनर, मिडिया र अन्य सरोकारवालाको उपस्थितिमा सोरुम उद्घाटन गरेको तथा माग अनुसारका उत्पादन बजारमा ल्याएको कम्पनीले जनाएको छ।

प्रकाशित: १३ फाल्गुन २०७४ ०६:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App